बीरगंज २ जेठ ।
बीरगंजमा ९ र १० वर्षका बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै दुई बालक सहित अन्य दुई गरि आज पर्साका ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रवार मात्रै नेपालमाथप नौं जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार पर्साका ४ जना, काठमाडौंका १ जना, दाङका ३ जना र उदयपुरका १ जना गरी थप नौ जनामा कोरोना पोजेटिभ देखिक्एो हो । योसँगै नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ ।
तपाईको प्रतिक्रिया