बीरगंज ३ जेठ ।
बीरगंजमा थप दुई जनामा कोरो भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साको बीरगंज वडा नं निवासी २८ र २९ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मंत्रालयले जनाएको छ ।
आज संक्रमण पुष्टि हुनेमा बर्दिया नार्खु ११ निवासी २८ वर्षीया महिला, सिरहा सखुवाका ३० वर्षका पुरुष सर्लाहीका १८ वर्षीय युवती, चितवन गढौली निवासी २५ वर्षीया महिला रहेको मन्त्रालयले पुष्टि गरेको छ।
यसैवीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका ३ जना पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गर्दा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको बताएको छ ।
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै संंक्रमितको संख्या २७६ पुगेको छ
तपाईको प्रतिक्रिया