logo

गण्डक अस्पताल, नारायणीलाई हस्तान्तरण , जनतालाई केन्द्रमा राखेर काम गरेको थिए सन्तोष लागेको छः सरावगी

      5/16/2020 गते 00 00 मा प्रकाशित     1652   पटक पढिएको



बीरगंज ३ जेठ ।

बीरगंज महानगरपालिकाले बीरगंजको गण्डकमा रहेको गण्डक अस्पताललाई कोरोना बिशेष अस्पतालको रुपमा संचालन गर्ने गरि नारायणी अस्पतालाई हस्तान्तरण गरेको छ ।

 

 बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायलाई अस्पातल हस्तान्तरण गर्नु भएको हो ।

 

हस्तान्तरण पूर्व अस्पताल शिल गरिएको थियो । अस्पतालमा सीसी क्यामरा टेलिभिजन सेट जडान गरिएको छ । नारायणी अस्पतालको शाखाका रुपमा कोरोना बिशेष अस्थायी अस्पतालका रुपमा गण्डक अस्पतालमा कोरोनाबाट संक्रमणमा परेका ब्यक्तिहरुको उपचार हुने छ । अस्पताल हस्तान्तरण गर्दै बीरगंज महानगरका प्रमुख बिजय सरावगीले सन्तोष ब्यक्त गर्नु भयो ।

 

अवरोधहरु निकै आए धैर्यता नगुमाईकन जनतालाई केन्द्रमा राखेर काम गरेकोले अस्पताल हस्तान्तारणको क्षणमा आइपुग्दा सन्तोष लागेको उहाँले बताउनु भयो । उहाँले कोरोनाको संक्रमण नियन्त्रण होस त्यसको संक्रमण फैलीन नपाओस भन्ने आफनो चाहना रहेको बताउनु भयो ।

 

प्रमुख सरावगीले  जनताको प्रतिनिधि भएको नाताले पूर्व तयारी गर्नु पर्छ भन्ने हुटहुटी जागेर आउछ त्यसैले कसले के टिप्पणी गर्छ त्यसको प्रवाह नगरि जनतालाई सजिलो होस भनेर ब्यवस्थापनमा लागेको बताउनु भयो ।

 

गण्डक अस्पतालका बिषयमा धेरै टिप्पणीहरु पढियो त्यी टिप्पणीहरुको उद्धेश्य हतोत्साही गर्नु थियो तर जनताको आर्शिवाद साथमा थियो बिगार्ने भन्दा सपार्ने हातहरु पाए उहाँले भन्नु भयो “ त्यसैको परिणाम हो कसरी चल्छ चलाएर देखाउ भन्नेलाई  गण्डक अस्पताल कोरोना बिशेष अस्पतालका रुपमा चल्ने भयो राम्रोसंग हेर्नुहोला भन्छु  ।

 


५० शैय्याको गण्डक अस्पतालमा महानगर प्रमुख सरावगीले आजै २० सेट पूर्ण बेडको ब्यवस्था मिलाउनु भयो । गण्डक अस्पतालमा ७० शैय्याको ब्यवस्था भएको छ । 

 


अस्पताल हस्तान्तरण गर्दै महानगर प्रमुख सरावगीले ३ वटा पानी तताउने टंयाकी,१ सय थान एन नाइन्टी फाइभ मास्क, १ हजार ५ सय थान सर्जिकल मास्क,९० थान पिपीई , पन्जा १ सय ८०  बक्स,थर्मल गन २ थान ९० थान मेडिकल चश्मा ९० जोडी जुत्ताको कभर  ९० थान हेड कभर लगायतका स्वास्थ्य समाग्री तथा उपकरण पनि हस्तान्तरण गर्नु भयो । 

 


महानगरको ब्यवस्थापनमा मुलुकमै पहिलो कोरोना बिशेष अस्पतालको रुपमा नारायणी अस्पतालले आफनो जनशक्ति तथा प्राविधिक नेतृत्वमा कोभिड अस्पताल संचालनमा ल्याउने भएको छ ।

 

अस्पतालको स्वामित्व लिदै मेडिकल सुपरिटेण्डेण्ट डा.मदन कुमार उपाध्यायले अस्पताल चाडै संचालनमा आउने बताउनु भयो । अस्पतालको सेटअप मिलाएर डिसइन्फेक्टेड गरे पछि कोरोना भाइरसका संक्रमणमा परेका ब्यक्तिहरुलाई भर्ना गरिने उहाँले बताउनु भयो । उहाँले त्यसकालागि आवश्यक तयारीमा आफूहरु छुटेको बताउनु भयो ।

 

कोभिड अस्पतालमा सेवा दिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुकालागि बास र खानाको ब्यवस्था टाउन हलमा गरिएको महानगर प्रमुख सरावगीले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.