बीरगंज ३ जेठ ।
धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयको विशेषज्ञ टोलीले अस्पताल पुगेर सबै परामर्श र निरीक्षणपछि कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो।
वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी बाह्रवीसेकी २९ वर्षे साबिती चालिसेको २४ गते नर्मल डेलिभरी भएको र २५ गते डिस्चार्ज भएकी थिइन्।
घर पुगेको केहीदिनमा ज्वरो र श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उनलाई बाह्रवीसे पिएचसीहुँदा धुलिखेल अस्पताल पुर्याइएको थियो।
नेपालमा कोरोनाभाइरसबाट मृत्यु भएको यो पहिलो घटना हो।सुत्केरीको मृत्युभएपछि धुलिखेल अस्पताललाई सील गरिएको छ। उनको उपचारमा संलग्न चिकित्सकको पनि आइसोलेसनमा राखेर कोरोना परीक्षण थालिएको छ।
तपाईको प्रतिक्रिया