logo

नेपाली सेनाका एक जर्नेलमा कोरोना संक्रमणको पुष्टि,मध्य पृतना ब्यारेक पूर्ण रुपमा शिल

      5/17/2020 गते 00 00 मा प्रकाशित     1128   पटक पढिएको

बीरगंज ४ जेठ ।

नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । पृतनापतिमा  कोरोना संक्रमण पुष्टि भएपछि पुरै ब्यारेक सिल गरिएको छ ।

 

महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाका पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सिल गरिएको छ । पृतनापतिमा संक्रमण देखिएका कारण लगभग २ हजार सेना रहेको सो पृतनालाई सिल गरिएको हो ।

 

स्वास्थ्य मन्त्रायलले शनिबार अपराह्न काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो ।तर, उनको नाम र दर्जा खुलाएको थिएन ।

 

 मध्यपूर्वी पृतनामा उपरथीको नेतृत्व छ । बर्दिवासको किशान नगरस्थित पृतनाका प्रमुख लकडाउनका समयमा विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा उनलाई संक्रमण भएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ ।

 

सेनाको पृतनामा चिकित्सकसहितको सुविधा पनि छ । पृतनापति  कोरोना देखिएपछि उपचारका लागि शनिवारै काठमाडौं गएका छन् । उनको एपीएफ कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

 

पृतनापतिसँगै सोही ब्यारेकका एक चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको थियो । सो ब्यारेकमा गण, गुल्म, सिग्नल गण, मेडिकल गण, बिद्यालय गण लगायत छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

करेन्ट लागेर रौतहटको शितलपुरका ३० वर्षिय युवाको मृत्यु

चन्द्रपुर । रौतहटमा बिहिवार  बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.