logo

नारायणीका कोरोना संक्रमितलाई पोषण रहित खाना ,अव खानाको ब्यवस्थापन सानो पाइलाले गर्ने

      5/17/2020 गते 00 00 मा प्रकाशित     1355   पटक पढिएको

वीरगन्ज, ४ जेठ । कोरोना भाईरस कोभिड—१९ को हटस्पटको रुपमा रहेको वीरगन्जमा अहिले ९६ जना आईशोलेशनमा उपचार गराईरहेका छन् ।

 

नारायाणी अस्पतालमा ७१ जना र २५ जनाको सिद्धार्थ माध्यामिक विद्यालयमा बनाईएको सेमी आईशोलेसनमा उपचार भईरहेको छ ।

कोरोना संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि विभिन्न पौष्टिक तत्व भएका पोषणयुक्त खान खानुपर्ने चिकित्सकको सुझाव रहेपनि नारायणी अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई अस्पतालले पोषण रहित खाना खुवाएको विषय समाचार र सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ ।

 

        संक्रमितहरु राखिएको नारायणी अस्पतालको आईशोलेशनमा अहिले दुईजना पत्रकारहरु पनि रहेकाले सामाजिक सञ्जालमा मात्रै होईन पोषण रहित खाना खुवाएको समाचार नै आएको छ । संक्रमित मध्यका एक अनलाईन खबरका संवाददाता सुरेश विडारीले सामाजिक सञ्जाल फेसबुकमा चाऊचाऊ खाएर कोरोनासँग लडिरहेको फोटो पोष्ट गरेका छन ।

             संक्रमित मध्य बालबालिका पनि रहेकोले उनीहरुलाई भूजा र तरकारी दिईएको फोटो सामाजिक सञ्जालमा भाइरल भएका छन् । आईशोलेसनमा राखिएको कोरोना संक्रमितहरुलाई भूजा र बिस्कुट लगायतका पोषण रहित खाना खुवाएको भन्दै धेरैले सामाजिक सञ्जालमा आलोचना गरेका छन् । सामाजिक सञ्जालमा व्यावस्थापनप्रति निकै कडा आलोचना र टिप्पणीहरु पनि गरेका छन् ।

           नारायणी अस्पतालले कोरोना संक्रमितहरुको लागि खाना खुवाउने व्यावस्थापनमा एकजना पोषण विज्ञ सहितको टोली राख्नुपर्ने भएपनि अस्पतालले पोषण विज्ञ विनाकै व्यक्तिलाई खानाको व्यावस्थापनको जिम्मा दिएको अस्पताल स्रोतले जनाएको छ ।

        कोरोना संक्रमितहरुलाई समय तालिका बनाएर पोषणयुक्त खानेकुराहरुको मात्रा मिलाएर दिनुपर्ने भएपनि पोषण विज्ञ नराखी अनुभव नै नभएका व्यक्तिलाई डियुटी गराउनका लागि मात्रै अस्पतालले खटाएको छ ।

 

स्रोतका अनुसार अस्पतालमा यसअघि विवादमा तानिएका व्यक्तिलाई नै खाना खुवाउने व्यावस्थापनको जिम्मा दिएको छ । व्यावस्थानको जिम्मेवार भूमिकामा रहेको व्यक्ति यसअघि विवादमा तानिएको समयदेखि नै नारायणी अस्पतालमा काम विहिन बनाईएका व्यक्ति हुन् ।

 

         संक्रमितको स्वास्थ्यमा खेलबाड गरेर पोषण रहित खाना खुवाएको सर्वत्र आलोचना भएपछि पर्साका राजनीतिक दलहरुले पनि विज्ञप्ति निकालेर यसको ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुले आईतबार विज्ञप्ति जारी गर्दै अस्पतालमा संक्रमितहरुको व्यावस्थापनमा देखिएको कमजोरीलाई सच्याउन माग गरेका छन् ।

 

                  नेकपाका अध्यक्ष प्रभु हजराले व्यावस्थापनमा देखिएका कमीकमजोरीमा राजनीतिक गर्नुभन्दा त्यसलाई तत्कालमा भएका कमीकमजोरीहरुलाई सुधार गर्दै लानुपर्ने बताउनु भयो  । उहाँले अहिलेको समयमा भए गरेका त्रुटीहरुलाई सच्याउन सुझाव र सल्लाह दिदै कोरोना संक्रमणले निम्त्याएको विषम परिस्थितिलाई पार गर्नुको विकल्प नरहेको बताउनु भयो  ।

 

यसैबीच अस्पतालका संक्रमितहरुको लागि खाना, खाजाको व्यावस्था सोमबारदेखि भने सामाजिक संस्थाको जिम्मा दिने भएको छ । अस्पतालका कोरोना संक्रमितहरुको खाना, खाजा व्यावस्थापनका लागि सानोपाईलाले आशय देखाएकोले नारायणी अस्पताल र स्थानीय प्रशासनको समन्वयमा सानोपाईलाले जिम्मा लिने भएको हो ।

 

 पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले अस्पतालमा खाना, खाजाको विषयमा उठेको गम्भीर विषयलाई ध्यानमा राखेर संक्रमितहरुलाई खाना, खाजाको राम्रो प्रबन्ध जसले गरेपनि समन्वय गरिदिन स्थानीय प्रशासन तयार रहेको बताउनु भयो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.