logo

जेठ २० सम्म लकडाउनको अवधी लम्ब्याउने मंत्रीपरिषदको निर्णय 

      5/17/2020 गते 00 00 मा प्रकाशित     940   पटक पढिएको



काठमाण्डौ ४ जेठ ।

आइतवार साँझ बसेको मंत्री परिषद बैठकले लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ । सरकारले तोकेको पछिल्लो अवधीको जेठ ५ गते  अन्तिम दिन थियो ।

 

तर कोरोना भाइरसको संक्रमण झन तेज गतीमा फैलिएको पृष्ठभूमीमा सरकारले  लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

 

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेको र २ जनाको मृत्युसमेत भएपछि सरकारले थप दुई हप्ता लकडाउन गर्ने निर्णय गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.