बीरगंज ५ जेठ ।
बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एकैपटक ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १ र१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनु भयो । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उहाँले बताउनु भयो ।
बाँकेको नरैनापुरको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको हिजो मात्रै कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।
भारतमा रहेका धेरै नेपाली स्वदेश फर्किरहेकाले बाँकेलाई कोरोनाको उच्च जोखिममा राखिएको छ ।
तपाईको प्रतिक्रिया