logo

माधव नेपाललाई कारवाही गर्न नेपाल प्रहरीलाई निर्वाचन आयोगको निर्देशन

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक ३ गते ०९: १८ मा प्रकाशित     486   पटक पढिएको

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले पत्र काटेको छ।

निर्वाचन आयोगका सहायक न्यायाधिवक्ता प्रकाश घिमिरले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र काट्दै नेपालमाथि कारवाही अघि बढाउन निर्देशन दिएका हुन्।


नेपालले दुई दिनअघि आफ्नो निर्वाचन क्षेत्र रौतहट क्षेत्र नम्बर १ का कार्यकर्तालाई सम्बोधनका क्रममा आफूले जिते युवाहरुलाई सित्तैमा बिदेशको टिकट, भिसा दिइ विदेशमा रोजगारी दिलाइने विवादित बयान दिएका थिए।


आयोगले प्रहरीलाई काटेको पत्रमा भनिएको छ,“आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडिएको भन्ने समाचार प्रकाशन भएको, निजले “बिना ढेउवा के भिसा मिल्ने है,टिकट मिलते हैं, काठमाडौंमे तालिम मिल्ते ” भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएकोले सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा निजको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेखिएको छ।

निर्वाचन (कसूर तथा सजाय ऐन, २०७३ को दफा २० को उपदफा (१) मा निर्वाचनको सिलसिलामा उम्मेदवार निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले कुनै किसिमको प्रभाव पार्न हुँदैन भन्ने समेतको व्यवस्था रहेको पत्रमा उल्लेख छ।

उक्त ऐनको उपदफा (१) को ख र चमा कुनै किसिमले लोभ लालच देखाउन वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था गरिएको आयोगले जनाएको छ।

आयोगले दफा २० को उपदफा (४) मा उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा सजाय हुनेछ भन्ने व्यवस्था भएको भन्दै नेपाललाई कारवाही थाल्न प्रहरीलाई निर्देशन दिएको हो।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.