logo

तब मात्र कोरोना बिरुद्धको फ्रन्टलाइनको  फौजी तयारी अवस्थामा रहन्छः डा.उपाध्याय

      5/18/2020 गते 00 00 मा प्रकाशित     1205   पटक पढिएको

बीरगंज  ५ जेठ ।

कारोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामकालागि जिल्लामा रहेको कमाण्ड पोष्टका प्रमुख पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीको अध्यक्षतामा सोमवार बिहान बीरगंजमा सरोकारवालासंग छलफल भएको छ । 

 


कमाण्ड पोष्ट पर्साको तर्फबाट जारी भएको निषेधाज्ञा सोमवार राती १२ बजे सम्म कायम रहने छ । त्यो पछिको अवस्थालाई कसरी ब्यवस्थापन गर्ने , सीमापारबाट नेपाल प्रवेशको प्रतिक्षमा रहेकाहरुलाई राख्नकालागि क्वारेन्टिन लगायतको ब्यवस्थापनको बिषयमामा छलफल भएको थियो ।

 


बैठकमा सहभागी राजनीतिक दल ,नागरिक समाजका बिभिन्न सरोकार समुहले निषेधाज्ञालाई निरन्तरता दिन नहुने सुझाव दिएका थिए । कोरोना भाइरसको संक्रमणको पुष्टि भएसंगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकोमा अव त्यसलाई निरन्तरता दिन नहुने सुझाव दिइएको थियो । 

 


छलफलमा सीमापार रहेका नेपालीहरुको नेपाल प्रवेश र उनीहरुको ब्यवस्थापनकोलागि क्वारेन्टिन निर्माणको बिषयमा चर्चा भएको थियो र सरकारी बिद्यालयमा क्वोरन्टिन निर्माणको तयारीको बिषयमा तत् स्थानमा स्थानीयद्वारा गरिएको बिरोधमा समेत छलफल भएको थियो ।

 

घर घरमै आम मान्छेहरु क्वारेन्टिनमा बसेका बेला बिद्यालयहरुलाई क्वारेन्टिन बनाउन बाध्याता रहेको भन्दै राजनीतिक दलका नेताहरुले त्यसको सहजीकरणकालागि पहल लिने आश्वासन दिएका थिए । 

 


भारतबाट आउने तरकारीलाई रोकेर स्थानीय  रुपमा उत्पादीत तरकारीलाई साइकलमा राखेर घुमाएर बेच्न दिने , उधोगहरु संचालनमा ल्याउदा उधोग भित्रै मजदुरहरुको बसोवासको ब्यवस्था मिलाउने,किसानहरूको लागि मल, बीउ उपलब्ध गराउनुपर्ने ,बजार ब्यवस्थित रुपमा संचालनमा ल्याउने दैनिक जीवनयापनमा अत्यावश्यक वस्तुको खरीद–बिक्री गर्दा सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका सुझाव बैठकमा प्रस्तुत गरिएका थिए ।
  
  बैठकमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले प्रदेश सरकारका तर्फबाट कुनै सहयोग नपाएकोमा दुःख ब्यक्त गर्नु भयो । अनेकौ प्रयास भयो तर प्रदेश सरकारले कुनै सुनवाई गरेन उहाँले भन्नु भयो “संघ सरकारले पनि माँगे जति स्रोत साधन उपलब्ध गराएको छैन ।

 

किटको अभावमा टेस्ट हुन छोडेको बताउदै उहाँले राजनीतिक दलहरुलाई पहल गर्न आग्रह गर्नु भयो । उहाँले संचार माध्यमलाई स्वास्थ्यकर्मीको  मनोवल बढाउने गरि सामाग्री प्रस्तुत गर्न आग्रह गर्नु भयो ।

 

 जनशक्तिको कमी छ नारायणी अस्पतालमा बिरामी भरिएको छ यस्तो अवस्थामा थप बिरामी आए भने हामीले लिन नसक्ने अवस्था आउछ उहाँले भन्नु भयो “यस्तो बेलामा ज्यानलाई जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीको मनोवल बढाइयो भने मात्र कोरोना बिरुद्धको फ्रन्टलाइनको फौजी तयारी अवस्थामा रहन्छ  ।

 

तर उसले गरेको परिश्रमको नजरअन्दाज गरेर खेद्ने काम गरियो भने त्यसको असर लडाईमा पर्न सक्ने तर्फ ध्यान दिन समेत उहाँले आग्रह गर्नु भयो ।

 

उहाँले अस्पतालका एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण  पोजेटिभ देखिएको र त्यसले आमरुपमा नैराश्यता ल्याएको बेलामा उत्प्रेरणा जगाउनु पर्नेहरुले आरोप लगाएर खेद्न थाल्दा काम गर्ने उत्साह कसरी बाँकी रहन्छ र भन्ने प्रश्न गर्नु भयो । 

 


बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले पनि कोरोना संगको लडाई जितौ त्यस पछि मलाई काहा तास्ने र खुइल्याउने हो गर्नु होला भन्दै यो महामारीको बेलामा साना कमजोरीहरुलाई मुद्धा बनाएर काम गर्नेहरुको मनोवल नगिराउन अपिल गर्नु भयो ।

 

उहाँले यो बेला अज्ञात शत्रु बिरुद्धको लडाईको बेला भएको चर्चा गर्दै स्थानीय  स्रोत र साधनका भरमा अहिले सम्मको ब्यवस्थापनको काम भएको बताउनु भयो ।

 

उहाँले राजनीतिक आग्रह र पूर्वाग्रहका बिषयमा लकडाउन पछि पनि हिसाव किताव गर्न सकिन्छ अहिले त्यसको हिसाव किताव गर्दा कोरोना संक्रमणको हिसाव बिग्रने प्रति सबैलाई सचेत रहनु पर्ने बताउनु भयो । उहाँले राजनीतिक दलहरुले प्रदेश र संघ सरकारसंग गतिलो पहल लिनु पर्ने बेला आएको बताउनु भयो ।

 

यसैवीच संघीय स्वास्थ्य मंत्रालयले पर्साकालागि १ हजार थान भिटिएम किट पठाएको नेकपा पर्साका अध्यक्ष प्रभू हजराले जानकारी दिनु भएको छ । उहाँले सोमवार साँझ सम्म किट आइपुग्ने जानकारी दिनु भयो । बैठकमा स्थानीय र प्रशासन र स्थानीय सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणकालागि चाल्ने कदममा राजनीतिक दलहरुको सहयोग रहने नेताहरुले बताउनु भएको थियो ।

 

बैठकमा नेपाल कांग्रेसका सभापतिअजय कुमार द्विवेदी जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान उपाध्यक्ष के.सी.लामिछाने बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडीया बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता एकोराबका महासचिव गोविन्द देवकोटा  औषधी ब्यवसायी प्रकाश खण्डेलवाल लगायतको सहभागिता रहेको थियो ।

    प्रजिअ कार्कीले राजनीतिक दल, वीरगंज महानगरपालिका, अस्पताल, उद्योग वाणिज्य सङ्घ, विभिन्न हकहित व्यवसायी सङ्घले दिएका सुझावलाई सुरक्षा समितिको बैठकमा लैजाने र त्यहाँबाट आधिकारिक सहमति गराउने बताउनु भयो  । बैठकको सहजीकरण सहायक प्रजिअ ललित बस्नेतले गर्नु भएको थियो  । 
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.