logo

निषेधाज्ञा सकियो,लकडाउन प्रभावकारी पार्ने निर्णय, अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन अनुसार कारवाही गरिने

      5/18/2020 गते 00 00 मा प्रकाशित     1012   पटक पढिएको

बीरगंज  ५ जेठ ।

कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भएसँगै पर्सा जिल्लामा गत वैशाख ३० गतेदेखि लागू गरिएको निषेधाज्ञा भोलीबाट  हटाइने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी नराख्ने निर्णय गरेको हो । यद्यपि, लकडाउनलाई भने प्रभावकारी रुपमा कार्यान्वन गरिने समितिले निर्णय गरेको छ ।


लक डाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निम्न अनुसार गर्ने निर्णय भएको छ । 


(क) एम्बुलेन्स, खानेपानी, विद्युत, टेलिफोन मर्मत सम्भारको लागि प्रयोग हुने सवारी साधन, स्वास्थ्यकर्मी बोक्ने सम्बन्धित अस्पतालका यात्रुवाहक सवारी साधन, फोहरमैला व्यवस्थापनमा खटिने जनशक्ति बोक्ने सवारी साधन, औषधी, दुध, पानी पेट्रोलिय पदार्थ ढुवानीका सवारी साधन तथा भन्सारबाट विभिन्न जिल्लाका लागि छुटेका अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबाहक सवारी साधन तथा जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक कार्यको लागि सवारी अनुमति पत्र प्राप्त गरेका सवारी साधनहरुबाहेक अन्य सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाउने ।

(ख) अत्यावश्यक वस्तुहरु ९जस्तो खाद्यन्न, किराना, दुध, ग्याँस, पानी आदि० को बिक्री वितरण गर्ने पसलहरु मात्र विहान जतिसक्दो सबेरैदेखि बिहान ८स्३० बजेसम्म मात्र खोल्न दिने । औषधी पसल भने जुनसुकै समयमा पनि खोल्न दिने ।

(ग) साँगुरा गल्ली, ठेलागाडा, चोकहरुमा बिक्री वितरण गर्न नदिने ।

(घ) अत्यावश्यक वस्तुहरुको खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुन नदिने, व्यवसायी र ग्राहक सबैलाई अनिवार्य रुपमा मास्क लगाउन लगाउने तथा उपभोक्ताहरुबीच कम्तिमा ३ फिटको दुरी कायम हुने गरी लाइन व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी सम्वन्धित व्यवसायी स्वयंको हुने । यसो भएको नपाइए सम्वन्धित व्यवसायीलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गर्ने ।

(ङ) मुख्य बजार क्षेत्रमा भने बिहान ६ बजेदेखि साँझ ७स्३० बजेसम्म खाद्य, किराना पसलहरुसमेत खोल्न नदिने ।

(च) पावर हाउस चोकदेखि रजत जयन्ती चौकसम्मको सडकमा विहान ६ बजेदेखि साँझ ७स्३० बजेसम्म एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपसार गर्ने अस्पतालका सवारी साधन बाहेकका अन्य सवारी साधन समेत संचालमा रोक लगाउने ।

(छ) कृषि कार्यसँग सम्वन्धित सामाग्री, पशुपंक्षीजन्य आहारा, सबै प्रकारका खाद्य वस्तु तथा निर्माण सामाग्री ढुवानीका साधनहरु बीरगंज महानगरपालिका क्षेत्रभित्र बेलुकी ६स्०० बजेदेखि बिहान ६स्०० बजेभित्र मात्र संचालन गर्न दिने ।

(ज) भारतबाट आउने तरकारीलाई पर्सा जिल्लाको लागि प्रवेश निषेध गर्ने तर स्थानीय तरकारीलाई भने होम डेलिभरी गर्न दिने ।

(झ) भिडभाड नहुने तथा कामदार, कर्मचारीहरुबीच भौतिक दुरी कायम गर्नेदेखि तोकिएका सबै स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्ड र शर्त पालना गर्ने औषधी, खाद्यान्न जस्ता अत्यावश्यक उद्योगहरु संचालन गर्न दिने ।

कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न लक डाउनको उल्लंघन गर्ने एवं शान्ति सुव्यवस्था र अमनचयनमा खलल पुर्याउने व्यक्तिहरुलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कडा कारवाही गर्ने ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.