logo

भारतमा संक्रमण तिब्र,संक्रमीतको संख्या लाख पार ,मृतकको सख्या तीन हजार बढी

      5/18/2020 गते 00 00 मा प्रकाशित     861   पटक पढिएको

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ  । सोमबार एकैदिन ४ हजार ६ सय बढीमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख नाघेको हो ।

 

पहिलो संक्रमित भएको पुष्टि भएको १ सय ९ दिनपछि संक्रमतिको संख्या १ लाख कटेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । १२ दिन मै संक्रमितको संख्या दोब्बर भएको हो ।

 

त्यस्तै मृतकको संख्या ३ हजार नाघेको छ । संक्रमित मध्ये ३९ हजार बढी निको भएका छन् । जुन ३८.८ प्रतिशत भएको बताईएको छ । 

महाराष्ट्र राज्य कोरोनाबाट सबै भन्दा बढी प्रभावित छ । त्यहा मात्र ३५ हजार बढी संक्रमित छन् भने १२ सय बढीको मृत्यु भएको छ ।

 

नेपालसंग सीमा जोडिएका उत्तरप्रदेशमा ४ हजार ६ सय ५ जना उत्तराखण्डमा ९६ जना बिहारमा १ हजार ४ सय २३ र पश्चिम बंगालमा २ हजार ८ सय २५ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

 


मध्यतराईका जिल्लाहरुसंग सीमा जोडिएका भारत बिहारको पूर्वी चम्पारण जिल्लामा १९ र पश्चिमी चम्पारणमा २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.