logo

जघन्य अपराधमा संलग्न बिरुद्ध सार्वजनीक मुद्धा, नेतासंगको उठबसमा रहेका युवा प्रति पर्सा प्रहरी नरम भएको आरोप

      5/20/2020 गते 00 00 मा प्रकाशित     1228   पटक पढिएको

बीरगंजको आदर्शनगरस्थित चित्रलेखा स्टुडियोबाट पक्राउ गरेका बालिकाहरुको दुरुपयोग गरि अवैध गतिविधि गर्नेहरु बिरुद्ध पर्सा प्रहरीले सार्वजनीक मुद्धा चलाएको छ । नावालिकहरुको प्रयोग गरेर निलो फिल्म बनाउने गरेको पक्राउ परेका युवाहरुलाई आरोप लागेको छ ।


निषेधाज्ञाको धज्जी उडाउँदै गत सोमबार राती स्टुडियो सञ्चालक बैजु प्रजापति  उनका सहयोगी बादल जयसवाल र मनिष मिश्रसगै दुई बालिकालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

 

गिरफ्तार युवाहरु प्रहरी नियन्त्रणमै छन  । उनीहरु बिरुद्ध सार्वजनीक अपराध ऐन अन्तर्गत  मुद्धा चलाइएको छ । गिरफ्तार गरिएका युवाहरुको राजनीतिक शक्तिसंगको पहुचका कारण प्रहरीले सहि रुपमा काम गर्न नपाएको स्रोतले दावी गरेको छ ।

 

एक जना जनप्रतिनिधिले गिरफ्तार गरिएका युवाहरुलाई कारवाही नगर्न पर्सा प्रहरीलाई निरन्तर दवाव दिदै आएको स्रोतले दावी गरेको छ । राजनीतिक नेतासंगको उठबसका कारण प्रभावशाली रहेका यूवाहरुको पक्षमा प्रहरी नरम देखिएको आरोप लाग्न थालेको छ ।  

 

चित्रलेखा स्टुडीयोको अवस्था र त्याहाबाट गिरफ्तार ब्यक्तिहरुका बिषयमा प्रारम्भमा सार्वजनीक भएको भिडियो फूटेज हेर्दामात्रै पनि घटनामा अन्य ऐनहरुलाई आकर्षित गर्ने प्रमाणहरु देखिन्छन । गिरफतार भएका युवक मध्य केहीले ति नावालिकलाई आफूले समातेको सम्मको बयान दिएको स्रोतले जनाएको छ ।

 

समातेको सम्मले पनि बलात्कार प्रयास हुने भएकोले यो मुद्धामा मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ आकर्षित हुने आधार रहेको छ । 

 

कसैले करणीको आशयले बालिकालाई अस्वभाविक रुपमा एकान्तमा लगेमा यौन सम्बन्धी निजको अंग छोएमा वा समातेमा बाल यौन दुरुपयोग हुने कानूनी ब्यवस्था छ । यस्तो अपराध अन्तर्गत तीन वर्ष कैद र तीस हजार जरिवाना कानूनी ब्यवस्था छ  ।

 

प्रहरीले सार्वजनीक अपराध अन्तर्गत मुद्धा दर्ता गरेकोमा पत्रकार बिमला गुप्तालाई आश्चर्य  लागेको छ । उहाँले घटनाको बरोमा निष्पक्ष छानवीनहुनु पर्ने बताउनु भयो । घटना सार्वजनीक हुदा नै कतिपय त्यस्ता प्रमाणहरु फेला परेका छन जसले यो मुद्धा सार्वजनीक अपराध भन्दा पनि जघन्य अपराधको केटाीमा पर्छ भन्ने कुरा स्थापित गर्छ । प्रहरीले त्यो कुरालाई नजरअन्दाज गर्न नमिल्ने उहाँको भनाई छ । 

 


प्रहरीले सोमवार रातीनै घटनालाई रफा दफा गर्नै तारताम्य मिलाएको थियो । मुद्धा फाँटका प्रहरी नीक्षिक रवीभूषण यादवले सबै चाँजो पाँजो मिलाएका थिए स्रोतले भन्यो “ तर मिडियाले तारन्तार घटनाका बिषयमा सोध खोज गर्न थालेपछि प्रहरी गिरफ्तार युवाहरुलाई रिहा गरेर घटना नै रफादफा गर्ने मामिला बाट पछि हटेको थियो” । 


जिल्ला प्रहरी कार्याल पर्साका प्रवक्ता प्रहरी नायव  उपरिक्षक बीरेन्द्र शाहीले, प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको बताउनु भयो ।

 

उहाँले गिरफ्तार युवाहरु प्रहरीको हिरासतमा रहेको र वालिकाहरु प्रहरीको संरक्षणमा रहेको बताउनु भयो । उहाँले पक्राउ परेका युवाहरु बिरुद्ध सार्वजनीक मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको बताउनु भयो ।

 

अनुसन्धान पुरा भएपछि प्राप्त हुने तथ्यका आधारमा कुन मुद्धा चल्छ भन्ने कुरा थप प्राष्ट हुने भएकोले  अहिले नै  धेरै अडकल लगाउनु हतार हुने उहाँले बताउनु भयो । कस्तो मुद्धा चल्छ भन्ने कुरा अनुसन्धान पछि आउने तथ्यले पनि निर्धारण गर्न सक्ने उहाँको भनार्य छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.