Saturday, 10 May 2025, 1:31:16 pm

जघन्य अपराधमा संलग्न बिरुद्ध सार्वजनीक मुद्धा, नेतासंगको उठबसमा रहेका युवा प्रति पर्सा प्रहरी नरम भएको आरोप

      5/20/2020 गते 00 00 मा प्रकाशित     1059   पटक पढिएको

बीरगंजको आदर्शनगरस्थित चित्रलेखा स्टुडियोबाट पक्राउ गरेका बालिकाहरुको दुरुपयोग गरि अवैध गतिविधि गर्नेहरु बिरुद्ध पर्सा प्रहरीले सार्वजनीक मुद्धा चलाएको छ । नावालिकहरुको प्रयोग गरेर निलो फिल्म बनाउने गरेको पक्राउ परेका युवाहरुलाई आरोप लागेको छ ।


निषेधाज्ञाको धज्जी उडाउँदै गत सोमबार राती स्टुडियो सञ्चालक बैजु प्रजापति  उनका सहयोगी बादल जयसवाल र मनिष मिश्रसगै दुई बालिकालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

 

गिरफ्तार युवाहरु प्रहरी नियन्त्रणमै छन  । उनीहरु बिरुद्ध सार्वजनीक अपराध ऐन अन्तर्गत  मुद्धा चलाइएको छ । गिरफ्तार गरिएका युवाहरुको राजनीतिक शक्तिसंगको पहुचका कारण प्रहरीले सहि रुपमा काम गर्न नपाएको स्रोतले दावी गरेको छ ।

 

एक जना जनप्रतिनिधिले गिरफ्तार गरिएका युवाहरुलाई कारवाही नगर्न पर्सा प्रहरीलाई निरन्तर दवाव दिदै आएको स्रोतले दावी गरेको छ । राजनीतिक नेतासंगको उठबसका कारण प्रभावशाली रहेका यूवाहरुको पक्षमा प्रहरी नरम देखिएको आरोप लाग्न थालेको छ ।  

 

चित्रलेखा स्टुडीयोको अवस्था र त्याहाबाट गिरफ्तार ब्यक्तिहरुका बिषयमा प्रारम्भमा सार्वजनीक भएको भिडियो फूटेज हेर्दामात्रै पनि घटनामा अन्य ऐनहरुलाई आकर्षित गर्ने प्रमाणहरु देखिन्छन । गिरफतार भएका युवक मध्य केहीले ति नावालिकलाई आफूले समातेको सम्मको बयान दिएको स्रोतले जनाएको छ ।

 

समातेको सम्मले पनि बलात्कार प्रयास हुने भएकोले यो मुद्धामा मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ आकर्षित हुने आधार रहेको छ । 

 

कसैले करणीको आशयले बालिकालाई अस्वभाविक रुपमा एकान्तमा लगेमा यौन सम्बन्धी निजको अंग छोएमा वा समातेमा बाल यौन दुरुपयोग हुने कानूनी ब्यवस्था छ । यस्तो अपराध अन्तर्गत तीन वर्ष कैद र तीस हजार जरिवाना कानूनी ब्यवस्था छ  ।

 

प्रहरीले सार्वजनीक अपराध अन्तर्गत मुद्धा दर्ता गरेकोमा पत्रकार बिमला गुप्तालाई आश्चर्य  लागेको छ । उहाँले घटनाको बरोमा निष्पक्ष छानवीनहुनु पर्ने बताउनु भयो । घटना सार्वजनीक हुदा नै कतिपय त्यस्ता प्रमाणहरु फेला परेका छन जसले यो मुद्धा सार्वजनीक अपराध भन्दा पनि जघन्य अपराधको केटाीमा पर्छ भन्ने कुरा स्थापित गर्छ । प्रहरीले त्यो कुरालाई नजरअन्दाज गर्न नमिल्ने उहाँको भनाई छ । 

 


प्रहरीले सोमवार रातीनै घटनालाई रफा दफा गर्नै तारताम्य मिलाएको थियो । मुद्धा फाँटका प्रहरी नीक्षिक रवीभूषण यादवले सबै चाँजो पाँजो मिलाएका थिए स्रोतले भन्यो “ तर मिडियाले तारन्तार घटनाका बिषयमा सोध खोज गर्न थालेपछि प्रहरी गिरफ्तार युवाहरुलाई रिहा गरेर घटना नै रफादफा गर्ने मामिला बाट पछि हटेको थियो” । 


जिल्ला प्रहरी कार्याल पर्साका प्रवक्ता प्रहरी नायव  उपरिक्षक बीरेन्द्र शाहीले, प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको बताउनु भयो ।

 

उहाँले गिरफ्तार युवाहरु प्रहरीको हिरासतमा रहेको र वालिकाहरु प्रहरीको संरक्षणमा रहेको बताउनु भयो । उहाँले पक्राउ परेका युवाहरु बिरुद्ध सार्वजनीक मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको बताउनु भयो ।

 

अनुसन्धान पुरा भएपछि प्राप्त हुने तथ्यका आधारमा कुन मुद्धा चल्छ भन्ने कुरा थप प्राष्ट हुने भएकोले  अहिले नै  धेरै अडकल लगाउनु हतार हुने उहाँले बताउनु भयो । कस्तो मुद्धा चल्छ भन्ने कुरा अनुसन्धान पछि आउने तथ्यले पनि निर्धारण गर्न सक्ने उहाँको भनार्य छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु