logo

कोरोना जितेर आज आठ जना घर फर्के ,अहिले सम्म घर फर्किनेको संख्या ४५ पुगको छ

      5/20/2020 गते 00 00 मा प्रकाशित     1322   पटक पढिएको

नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ४५ पुगेको छ  । आज थप ८ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले थप ८ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएको जानकारी दिनु भयो  ।

उहाँका अनुसार कोसी अस्पालमा रहेका ८ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा नेगेटिभ नतिजा आएपछि डिस्चार्ज गरिएको हो । संक्रमितहरू २९ र ३३ दिनमा अस्पतालमा रहेर डिस्चार्ज भएका हुन् ।
कोसी अस्पालमा रहेका ८ जनाको पीसीआर प्रविधिबाट नेगेटिभ नतिजा आएपछि २९ र ३३ दिनमा अस्पतालमा रहेर डिस्चार्ज भएको  हालसम्म डिस्चार्ज हुनेको संख्या ४५ पुगेको उहाँले बताउनु भयो ।


नेपालमा कोरोना भाइरस संक्रमिको संख्या ४२७ पुगेको छ । बुधबार मात्रै २५ जना संक्रमित थपिएका हुन् । हालसम्म कोरोना भाइरसका कारण २ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार बुधबारसम्म ३५ हजार ४ सय ९४ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । ७५ हजार ७२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालय २४ घण्टाको अवधिमा २ हजार ४ सय ८८ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी ३ हजार ६ सय १० जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । २३ हजार २ जना २ जना क्वारेन्टाइनमा रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.