नेपालमा बिहिबार बिहानै १७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा, सुनसरी र धनकुटामा १७ जनामा कोरोना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल विराटनगरमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएकाहरु झापामा कचनकवलका १५ जना, धनकुटाका १ जना र सुनसरीका १ जना रहेका छन्।
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्।
तपाईको प्रतिक्रिया