logo

भ्रष्टाचार गरेको आरोपमा बीरगंज १६ का वडाध्यक्ष चौरसिया बिरुद्ध मुद्धा दायर,वडाध्यक्षबाट निलम्वित

      5/22/2020 गते 00 00 मा प्रकाशित     1664   पटक पढिएको

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व छलेर भ्रष्टाचार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका( १६ का वडाअध्यक्ष श्याम बाबु प्रसाद चौरसियासहित ३ जना विरुद्ध शुक्रवार बिशेष काठमाण्डौ अदालतमा अभियोगपत्र दर्ता गरेको छ। ।

जग्गा खरिद बिक्री हुँदा वडाध्यक्ष चौरसियाले घरबाटोको सिफारिश दिदा २८ फिट बाटो भएकोमा १५ फिटको बाटो उल्लेख गरि सिफारिश दिएका थिए ।

 

उनले दिएको सिफारिशका आधारमा मूल्याकंन घटाएर रजिष्ट्रेशन दस्तुर तथा लाभकर समेत छलेको भन्दै वडाध्यक्ष चौरसिया बिरुद्ध बिशेष अदालतमा उजुरी परेको हो । यो उजुरी संग वडाध्यक्ष चौरसियाको वडाध्यक्ष पद समेत निलम्वित हुन पुगेको छ । 


वडाध्यक्ष चौरसियासहित जग्गा बिक्रीकर्ता जहराती मिया धुनिया र खरिदकर्ता ग्यान्ती देवीविरुद्ध राजस्व छली सम्बन्धी आरोप पत्र शुक्रबार विशेष अदालतमा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनु भयो  ।

वडाअध्यक्ष चौरसियाले धुनियाको जग्गामा गलत घरबाटो सिफारिस गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा वडा नम्बर १६ साबिक इनर्वाभाठा (वी) वडा नम्बर ५ को जग्गाधनी धुनियाको जग्गामा २८ फीटको पीच बाटो देखिएको र मालपोत कार्यालय, पर्साको आर्थिक वर्ष २०७४र०७५ को जग्गाको न्यूनतम मूल्याङ्कन पुस्तिका बमोजिम उक्त जग्गाको न्यूनतम मूल्याङ्कन प्रतिकठ्ठा ६० लाख देखिएको भएपनि धुनियाँले ग्यान्ती देवीलाई ११ धुर जग्गा बिक्री गर्दा ३३ लाख न्युनतम मुल्यांकन हुनुपर्नेमा २५ लाख ३० हजार मात्रै थैली रकम राखेका थिए ।

यसरी कम थैली रकम राख्दा जग्गा किनबेच गर्दा प्राप्त हुने रजिष्ट्रेशन दस्तुर ९४ हजार ८ सय ७५ र पुँजीगत लाभकर ८२ हजार ५ सय गरी १ लाख ७७ हजार ३ सय ७५ कम हुने गरी राजशव दाखिला गरी राजस्व हानी पुयाएको आरोपमा वडाध्यक्ष चौरसियासहित तीनैजनाविरुद्ध आरोप पत्र दायर गरिएको कोईरालाले बताए ।

वडाध्यक्ष चौरसियाले जग्गा खरिद बिक्री हुने बेला घरबाटो सिफारिस गर्दा २८ फीटको पीच बाटो भएको सिफारिस पत्र नराखी १५ फीटको ग्राबेल बाटो भनी गलत लिखत तयार गरी घरबाटो सिफारिस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

वडाध्यक्ष चौरसियाविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा बिगो रु १ लाख ७७ हजार ३ सय ७५ कायम गरी सजायको माग दाबी लिइएको छ । जग्गा बिक्रीकर्ता जहराती मिया धुनियाविरुद्ध बिगो रु ८२ हजार ५ सय कायम गरि बिगो रकम असुल गरी जफत हुन मागदाबी लिइएको छ ।

यस्तै जग्गा खरिदकर्ता ग्यान्ती देवीविरुद्ध बिगो स्वरुप रु ९४ हजार ८ सय ७५ कायम गरी बिगो रकम असुल गरी जफत हुन मागदाबी लिई विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.