logo

भाइरस संक्रमण नियन्त्रण अभियानमा महानगरलाई अफिनको साथ 

      5/22/2020 गते 00 00 मा प्रकाशित     2106   पटक पढिएको

 

कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रण अभियानमा बीरगंजका  नीजी अस्पतालहरुले पनि सहयोग जुटाउन थालेका छन ।

 

नीजी अस्पतालहरुको संस्था एशोसिएशन अफ पराइभेट हेल्थ इन्स्टीच्यूट नेपालका तर्फबाट १६ लाख बराबरको सामाग्री उपलब्ध गराइएको छ । 


बीरगंज महानगरपालिकाले महामारी रोक्न र उपचारमा चालेको कदमलाई सहयोग पुर्याउने उद्धेश्यले सामाग्री उपलब्ध गराइएको संस्थाका प्रदेश अध्यक्ष राम श्रेष्ठले जानकारी दिनु भयो । संस्थाको अगुवाईमा सिद्धार्थ माविमा रहेको सेमी आइसोलेशनमा ९५ सेट म्याट्रेस र बेडसिट सहितको बेड उपलब्ध गराएको छ  । 


त्यस्तै महानगरपालिकाको ब्यवस्थापनमा संचालीत नारायणी कोराना बिशेष अस्पताल गण्डकमा  कोरोना संक्रमीतहरुको सेवा गर्न  आठ जना स्वास्थ्यकर्मीहरु खटने कुरा लिखित जानकारी गराएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।


बेडसेट सहयोग स्वरुप नेशनल मेडिकल  कलेजले २० थान भवानी अस्पतालले १९ थान, प्रभू अस्पतालले ५ थान एएमसीले ५ थान र एस्एल न्यूरोले १६ थान,आशाराम अस्पतालले १० थान,इन्डो अस्पतालले ५ थान,तराई अस्पतालले १० थान शाह नर्सिङ होमले १० थान गरि ९५ थान बेड उपलब्ध गराईएको हो ।

 

संस्थाका अध्यक्ष श्रेष्ठले यस्तो संकटको बेलामा सहयोग गर्ने सबै अस्पताललाई धन्यवाद दिदै सहयोगी भावना भविष्यमा पनि देखाईरहन आग्रह गर्नु भएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.