logo

कोरोना संक्रमणको इपीसेन्टरमा कोरोना परास्त हुदै ९ बिजेता घर फर्के, दुई जना पत्रकार पनि बिजय नजिक  

      5/23/2020 गते 00 00 मा प्रकाशित     1489   पटक पढिएको

कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको बीरगंजले कोरोनसंग बिजय प्राप्त गर्न सकिने सन्देश पनि दिएको छ ।  

 

वीरगंज स्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचारत कोरोना संक्रमित ९ जना कोरोना संग जीतेर डिस्चार्ज भएसंगै यो सन्देश पनि प्रवाह भएको हो   ।

 

नारायणी अस्पताल वीरगंजको आइसोलेसन मै उपचारत वीरगंजका २ जना पत्रकारको पहिलो  पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । 

 

कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर घर फर्किनेमा  पर्साका ३ जना, बाराका २ जना, रौतहटका ३ जना र एक जना भारतिय नागरिक रहेको मेडिकल सुपरिटेंडेंट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

 

डा.उपाध्यायका  अनुसार पर्साको वीरगंज महानगरपालिका वडा नं. २,३, १६ का क्रमश ३०, ५०, ५१ बर्षका पुरुष, बाराको सिम्रौनगढ ४ का ३१ बर्षिय पुरुष, जितपुर सिमरा १ का ४३ बर्षिय पुरुष, रौतहट गुजरा नगरपालिका ५ का ३५ बर्षिय पुरुष, इशनाथ नगरपालिकाका १९ बर्षिय पुरुष, बृन्दावन नगरपालिकाका २४ बर्षिय पुरुष र एक ४२ बर्षिय भारतीय पुरुष रहेका छन् ।


नारायणी अस्पतालको आइसोलेसनमा उपचारत ७१ जना मध्ये ९ जनाको लगातार २ पटकको पिसिआर रिपोर्ट नगेटिभ आए पछि डिस्चार्ज गरिएको मेडिकल सुपरिटेंडेंट उपाध्यायले वताउनुभयो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.