logo

ठोरीबासीले निकाले हल, निर्माणको चार वर्ष पछि ठोरी ढुटेखोलाको पूल संचालन हुने 

      5/23/2020 गते 00 00 मा प्रकाशित     1302   पटक पढिएको

ठोरीको ढुटेखोलामा निर्माण भएको पुल संचालनमा ल्याउन त्यस क्षेत्रका नागरिकले निर्णय गरेका छन । ठोरी गाउँपालिकाको वडा नं १,२ र ३ लाई जोडने पूल संचालन नहुदा त्यस क्षेत्रका नागरिकले सास्ती खेप्नु परेको छ ।

 

भरतीय किसानले पानी लैजाने बिषयमा भएको विवादका कारण पूल संचालनमा कठिनाई भएको थियो । 
              
                निर्माण भएको वर्षौं बितिसक्दा पनि सञ्चालनमा नआएको विषयमा शनिवार ठोरी वडा नं १, २ र ३ को सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।

 

जिल्ला समन्वय समिति पर्साका उपप्रमुख  ठाकुरप्रसाद न्यौपानेको सहभागितामा आज सर्वपक्षीय बैठक भएको थियो । वडा नं १, २ र ३ का अध्यक्ष, पार्टी प्रतिनिधिहरू, हुलाकी सडक निर्माण कम्पनीका प्रतिनिधि, इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख, सशस्त्र सीमा प्रहरी कार्यालयका प्रमुखका साथै नागरिक अगुवाहरूको सहभागितामा बैठक  भएको हो ।


                ठुटेखोला पूर्व रहेको कुलोमध्ये दुईवटा कुलोमा कल्भर्ट निर्माण गरी पुल सञ्चालन ल्याउने सहमति भएको छ ।

 

यस अघि कुलो पुर्ने नेपालीको अडान र पुर्न नदिने भारतीयहरुको अडानका कारण पुल संचालनमा समस्या देखिएको थियो ।

 

पूलसम्मको उपराच सडकमै पर्ने कुलोमा कल्र्भट राखेर पानीको निकास दिएर पूल संचालनमा ल्याउने निर्णय भएको छ । यो निर्णय पछि पूल संचालन हुने भएको हो । 

  
                ठुटेखोलामा पुल निर्माण भएपनि  सञ्चालनमा नआएका कारण सो क्षेत्रका बासिन्दाहरूले समस्या भोग्दै आएका छन् ।

 

वर्षाको बेला वारिपारि गर्न नसक्ने, औषधोपचारका लागि जान–आउन नसक्ने, सवारीसाधन तथा मानिसलाई खोलाले बगाउनेलगायतका घटनाहरू बर्सेनि हुने गरेको थियो ।


    जिसस पर्साका उपप्रमुख न्यौपानेले  समस्या पनि ठूलो रहेको र समाधान पनि नजीक रहेको भन्दै ठुटेखोलामा पुल निर्माणमा स्थानीय सरोकारको विषय भएकोले समाधानका लागि निकास पनि स्थानीयस्तरबाटै खोजिएको बताउनु भयो  ।


                १०२ मिटर लम्बाइ रहेको ठुटेखोला पुल ६ करोड ९७ लाख २१ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको चार वर्ष बितिसकेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.