logo

रक्सौलमा अडकिएका नेपालीहरुको माँग देश प्रवेशको ब्यवस्था मिलाउ,समस्याको हल निकाल्दै छौ स्थानीय प्रशासन

      5/24/2020 गते 00 00 मा प्रकाशित     1298   पटक पढिएको

भारतीय शहर रक्सौलबाट तीन सय नेपाली नागरिक नेपाल प्रवेशमा प्रतिक्षरत रहेका छन । भारतीय पक्षले नेपाल प्रवेशमा रोक लगाएपछि उनीहरु रक्सौलका बिभिन्न आश्रयस्थल, क्वारेन्टिनमा रोकिएका छन ।

 

आज मात्रै पनि केरला बाट केही नेपाली रक्सौलको लक्ष्मीपुरमा रहेको क्वारेन्टिनमा आइपुगेका छन । 

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका २ सय १५ जना भारतीय जेष्ठ ६ गते आफनो देश फर्किएका थिए ।उनीहरु ५० दिन देखी बीरगंजको क्वारेन्टिनमा रहेका थिए ।

 

क्वारेन्टिनमा रहेका ९८ जना र आफन्ताकोमा बसेका अन्य गरि २ सय १५ जना  जना भारतीय नागरिक ६ गते  दिउसो वीरगन्जको एकीकृत भन्सार चौकी (आइसीपी)  मा  भारतीय कर्मचारीको जिम्मा लगाइएको थियो ।

 


ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका भारतीयहरु निस्के पछि त्यसलाई डिसइन्फेक्टेड गरेर नेपाल प्रवेश गर्ने नेपालीलाई त्यही क्वारेन्टिनमा राख्ने आन्तरिक तयारीका कारण  नेपाली पक्षले जेठ ७ गते नेपाली नागरिक ल्याउने सहमती गरेको थियो ।

 

तर भारतीय पक्षले बेलुकी नेपाली नागरिक पनि नदिने आफना नागरिक पनि नलिने भन्दै सन्देश सम्प्रेष्ण गर्यो । नेपालको बिभिन्न स्थानबाट भारत, आफनो मुलुक जान आएका करित तीन सय भारतीय नागरिक अहिले पनि आइसीपीमा अलपत्र छन ।

 

उनीहरुलाई स्थानीय अलौबासीले खाना खुवाउदै आएका छन । खुला स्थानमा शौच गर्छन, गाडी कुद्ने सडकमा उनीहरु सुत्न बाध्य छन ।

 

स्रोतका अनुसार  भारतीयले आफना नागरिकलाई २६ तारिखमा लाने तयारी गरेको छ । तर नेपालका अन्य स्थानमा नेपाली नागरिकलाई प्रवेशमा रोक छैन सीमामा खटिएका सुरक्षाकर्मीको समन्वयमा नेपाल आउन दिएका छन । तर रक्सौल मात्रै यस्तो नाका हो जाहा नेपाली पक्षले आफना नागरिक ल्याउन तयार भएपनि पाएको छैन । 


भारतीय पक्षले नेपाल सरकारले लिखित पहल नगरेकोले नेपालीहरु नेपाल प्रवेश गर्न नपाएको टिप्पणी गरेको छ ।

 

नेपाली पक्षले भने सरकारले लिखित रुपमा पहल गर्न कुनै निर्देशन नदिएकोले लिखित पहल गर्न नसकिएको दावी गरेको छ । पर्साकै पकाहा ,धोविनी लगायतका स्थानबाट दुबै देशका सुरक्षा निकायको समझदारीमा नेपालीहरु नेपाल प्रवेश गरेका थिए ।  

 

तर अहिले सम्म नेपाल सरकारको तर्फबाट यस्तो बिधि अवलम्बन भएको छैन। स्थानीय रुपमा सरकारको प्रतिनिधिको हैसियतमा रहेको प्रशासनले आपसी समmभदारीमा उताकालाई जान दिने र आफनालाई ल्याउने गर्दै आएको छ । 


भारतको रक्सौलमा रोकिएका नेपालीलाई लिन गएको नेपाली टोली दिनभरि बसेर फर्किएको छ । रक्सौलका बिभिन्न क्वारेन्टिनमा रहेका नेपालीहरुले आफूहरुलाई नेपाल प्रवेशको ब्यवस्था मिलाउन माँग गरेका छन ।

 

क्वारेन्टिनमा बसेको २० दिन भइसक्यो मान्छेहरु थपिदै गएका छन जसले गर्दा डर पैदा भएको लक्ष्मीपुरको क्वारेन्टिनमा रहेका एक जना नेपाली भोला चौधरीले गुनासो गर्नु भयो ।

 

उहाँले आफनै ठाउमा क्वारेन्टिमा बस्दा ठिक हुने भएकोले नेपाल सरकारलाई छिटो पहल गरिदिन आग्रह गर्नु भएको छ । 


 रक्सौलस्थित हजारी मल  कलेज, रेलवे स्टेशन र लक्ष्मीपुरको विद्यालयमा  गरि करीब तीन सय नेपाली क्वारेन्टाइनमा बसेका छन्। 


    यस विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले भारतीय अधिकारीसँग सहकार्य भइरहेको बताउनु भयो । उहाँले सबै कुरालाई नकारात्मकतामा हेर्न नहुने भन्दै समस्याको हल खोजिने बताउनु  भयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.