logo

२ महिने शिशु देखी ६६ वर्षिय बृद्ध कोरोना जीतेर घर फर्किए,आइसोलेशनमा  अव ७१ जना 

      5/25/2020 गते 00 00 मा प्रकाशित     1119   पटक पढिएको

वीरगन्जमा कोरोना भाइरसको संक्रमणलाइ जितेर २ महिने शीशु र १० बालबालिका सहित १८ जना अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् ।

 

वीरगन्ज स्थित नारायणी अस्पतालको आइशोलेशनबाट गएराति ११ बजे डिस्चार्ज गरिएका १८ जना , एउटै परिवारका हुन् ।

 

 अस्पतालका मेसु डाक्टर मदन उपाध्यायका अनुसार , वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शीशु र १० बालबालिका सहित १८ जनालाइ गएराति डिस्चार्ज गरि घर पठाइएको हो ।

 

 आइतवार राति  डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने १ शीशु, ३  देखि १३ वर्ष सम्मका ३ बालिका , ३ देखि १५ वर्ष सम्मका ६ जना बालक , ३२ देखि ६२ वर्ष सम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ जना पुरुष रहेका छन् ।

 

 उक्त परिवारका ३७ वर्षिय  पुरुषलाइ बैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यहि दिन नारायणी अस्पतालमा ल्याएर उनलाइ भर्ना गरिएको थियो । उनको कन्टयाक्ट ट्रेसीङ गर्दा बैशाख २४ गते उनको परिवारका अरु १७ जना सदस्यमा पनि संक्रमण देखिएपछि ती १७ जनालाइ पनि बैशाख २४ गते नै अस्पतालको आइशोलेशनमा भर्ना गरिएको थियो ।  

 

अस्पतालमा ल्याएर राखिए पछिको लगातार २ पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्यमा कुनै समस्या पनि नदेखिएकाले १८ जनालाइ गएराति ११ बजे डिस्चार्ज गरि घर पठाइएको मेसु उपाध्यायले जानकारी दिनुभयो ।यसअघि शनिवार पनि नारायणी अस्पतालबाटै ९ जनालाइ डिस्चार्ज गरिएको थियो ।

 

गएराति  १८ जना डिस्चार्ज भएपछि वीरगन्जको आइशोलेशनमा अब ७१ जना मात्रै संक्रमीत उपचाररत रहेको मेसु उपाध्यायले जानकारी दिए ।

 

वीरगन्जको नारायाणी अस्पतालको आइशोलेशनमा ४४ र गण्डक हस्पिटलको विशेष कोरोना अस्थायी अस्पतालमा २७ जना संक्रमीतहरु उपचाररत रहेको मेसु उपाध्यायले बताउनुभयो ।
 यो सँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.