logo

अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना पुष्टि,लापरवाही भन्दै अस्पतालको आलोचना

      5/25/2020 गते 00 00 मा प्रकाशित     1327   पटक पढिएको

 

वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वाब परिक्षणको रिपोर्ट निकै ठिलो आएपछि मध्यतराईको बीरगंज र कलैयामा एक खालको अन्यौलता ब्याप्त भएको छ ।

 

बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं ७ का ७० वर्षिय पुरुषलाई श्वासप्रश्वासमा समसया आएपछि जेठ २ गते उपचारकोलागि बीरगंजको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

 

उपचारको क्रममा उहाँको कोरोना भाइरसको संक्रमण परिक्षणकालागि स्वाब संकलन भएको थियो । बीरगजको नारयाणी अस्पतालमा रहेको पिसीआर मेशिनमा गरिएको परिक्षणमा शंकास्पद देखिएपछि थप परिक्षणकालागि स्वाब काठमाण्डौ पठाइएको थियो ।

 

त्यही परिक्षणको रिपोर्ट आज १२ गते १० दिन पछि आएको छ । यो वीचमा जेठ ४ गते बिरामीको उपचारको क्रममै मृत्यु भयो । अस्पतालले शव आफन्तलाई बुझायो र ति बृद्धको थारु जातीको परम्परा अनुसार अन्तिम संस्कार पनि भयो । 


कोरोना भाइरसको संक्रमण जाँचकालागि स्वाब संकलन भएपछि त्यसको रिपोर्ट नआउदै शव परिवारलाई बुझाउन र सदगद समेत गरिनुले  मध्य तराईमा संक्रमणको भय बढेको छ । अस्पतालले लापरवाही गरेको भन्दै मेडिकल कलेजको आलोचना भइरहेको छ । 


कोरोना भाइरसको रिपोर्ट पोजिटीभ आएपछि अहिले नेशनल मेडिकल कलेजको  ब्यवस्थापन पनि अवको के गर्ने भन्ने बिषयमा छलफलमा ब्यस्त रहेको मेकिडल कलेज शिक्षण अस्पताल कोभिड रोग उपचारका प्रमुख डा. असरफ अलीले बताउनु भयो ।

 

नेशनल मेकिडल कलेजको बिषयमा के गर्ने भन्ने कुरा स्वास्थ्य मंत्रालयमा छलफल भइरहेको छ । स्थानीय प्रशासन पनि माथिको आदेश पर्खेर बसेको अवस्था छ । 
कोरोना संक्रमणको रिपोर्ट १० दिन पछि आउनुलाई पनि चरम लापरवाहीको रुपमा लिइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.