logo

आफनो गाडी चेकजाँच गर्न स्थानीय प्रशासनलाई द्विवेदीको अपिल, जनत राजनीतिक रुपमै बदलावको पक्षमा रहेको पाए

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १ गते ०९: ३५ मा प्रकाशित     815   पटक पढिएको

निर्वाचन नजिकिएसंगै सुरक्षा चुनौती बढेकोले स्थानीय प्रशासन र निर्वाचन आयोगलाई सम्बेदनशिल बन्न पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार अजय द्विवेदीले आग्रह गरेका छन ।


वीरंगको क्लासिक ब्यांकेटमा पत्रकार सम्मेलनको आयोजना गरि द्विवेदीले यस्तो आग्रह गरेका हुन । मौन अवधि शुरु हुदै गर्दा रातको समयमा भारतीय नम्बर प्लेटका गाडीहरु गुडिरहेको,घर घरमा रकम बितरण गर्न थालिएकोले स्थानीय प्रशासन र निर्वाचन आयोगलाई सम्बेदनशील हुन आग्रह गरेका हुन । उनले स्थानीय प्रशासनलाई भनेका छन “मेरो गाडी मेरो घर म संग रहेका कार्यकर्ताहरुको खान तलासी गरौ , शुरुवात म बाट गर्नुहोस तर नागरिकलाई निष्पक्ष र भयरहति रुपमा आफनो अभिमत प्रकट गर्ने वतावरण बनाईदिनुहोस ” ।


उनले आम नागरिकलाई अपिल गर्दै भनेका छन “ तपाई पनि बिना वर्दीको प्रहरी हो पत्रकार पनि हो निर्वाचनलाई धुमील पार्न पैसा बोकेर आउलान, धाक धम्की देलान त्यसको भिडियो बनाउनुहोस फोटो खिच्नुहोस र सार्वजनीक गर्नुहोस तपाई जागेको बेला बदमाशहरु भाग्ने छन ।
नेता द्विवेदीले जनताको लोकतन्त्रकोलागि आफनो उम्मदवारी भएको र सबै नागरिकले आफूलाई अजय द्विवेदी सम्झेर निर्वाचनरुपी यो संग्राममा भाग लिन अपिल गरेका छन ।


पत्रकारको सवालको जवाफ दिदै उम्मेदवार द्विवेदीले पर्साको क्षेत्र नं १ का जनता राजनीतिक रुपमै बदलावको पक्षमा रहेका छन । पार्टी र उम्मेदवार भन्दा नागरिक अगाडि छन नागरिकले यसपाली आफनो अभिमत निष्ठा र राजनीतिको जीतकालागि ब्यक्त गर्ने आफूमा बिश्वास रहेको द्ववेदीले बताए ।


द्विवेदीले दल नदेखिने गुट देखिने गुट भित्र पनि यो वा त्यो देखिने, दल भित्र जनताको आवाज नवोलिने नदेखिने अहिलेको अवस्थामा स्वतन्त्र उम्मेदवार प्रति जनाको आकर्षण छ त्यसैले दलहरुकोलागि पनि आफनो उम्मेदवारी दवावपूर्ण हुने बताए ।


द्ववेदीले नागरिक अहिले राजनीतिमै बदलवा खोजिरहेका छन । जनता आफै अगाडि बढेर आफनो राजनीतिको दिशा तय गर्ने छन जनताको अहिलेको मुड यहि छ कुनै पनि अवरोध र षडयन्त्रले नागरिकको यो भावमा परिर्वतन नआउने अवस्था देखिएको छ ।


द्ववेदीले राजनीतिक तथा प्रशासनीक संरचनाले आफनो उद्धेश्य अनुरुप काम नगरेकोले लोकतन्त्रको प्रतिफल नागरिकले अनुभूत गर्न नपाएको चर्चा गर्दा प्रशासनीक संरचना र राजनीतिलाई सिस्टममा चलाउनकालागि आफूले ध्यान दिने बताए । संरचनाहरुको मजवुतीकरणले मात्र जनताको समस्या हल गर्न सक्ने बताए ।


प्रणाली बलीयो भयो भने मात्र बिकास र प्रगती हुने बताउदै नेता द्विवेदीले वडाध्यक्ष देखी सासँद गर्ने काम एउटै भएकोले बिकासको काम प्रभावकारी नभएको बताए ।

स्थानीय तहलाई बलियो बनाउनु पर्ने नेता द्विवेदी बिचार छ ।उनले जनसेवामा रहेका सरकारी संरचनाहरुको काम प्रभावकारी बनाउन ध्यान दिने उनले बताए ।

 

खानेपानी कार्यालयको परिभाषित काम खाने पानीको समस्याहरुको हल गर्ने र खाने पानीको गुणस्तरीयता पनि कामय गर्ने हो त्यो कार्यालयले त्यसो गर्न नसके त्यो दण्डीत हुन पर्छ अव यस्तो वतावरण बनाउन आवश्यक रहेको उनले बताए ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.