logo

आफनो गाडी चेकजाँच गर्न स्थानीय प्रशासनलाई द्विवेदीको अपिल, जनत राजनीतिक रुपमै बदलावको पक्षमा रहेको पाए

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १ गते ०९: ३५ मा प्रकाशित     689   पटक पढिएको

निर्वाचन नजिकिएसंगै सुरक्षा चुनौती बढेकोले स्थानीय प्रशासन र निर्वाचन आयोगलाई सम्बेदनशिल बन्न पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार अजय द्विवेदीले आग्रह गरेका छन ।


वीरंगको क्लासिक ब्यांकेटमा पत्रकार सम्मेलनको आयोजना गरि द्विवेदीले यस्तो आग्रह गरेका हुन । मौन अवधि शुरु हुदै गर्दा रातको समयमा भारतीय नम्बर प्लेटका गाडीहरु गुडिरहेको,घर घरमा रकम बितरण गर्न थालिएकोले स्थानीय प्रशासन र निर्वाचन आयोगलाई सम्बेदनशील हुन आग्रह गरेका हुन । उनले स्थानीय प्रशासनलाई भनेका छन “मेरो गाडी मेरो घर म संग रहेका कार्यकर्ताहरुको खान तलासी गरौ , शुरुवात म बाट गर्नुहोस तर नागरिकलाई निष्पक्ष र भयरहति रुपमा आफनो अभिमत प्रकट गर्ने वतावरण बनाईदिनुहोस ” ।


उनले आम नागरिकलाई अपिल गर्दै भनेका छन “ तपाई पनि बिना वर्दीको प्रहरी हो पत्रकार पनि हो निर्वाचनलाई धुमील पार्न पैसा बोकेर आउलान, धाक धम्की देलान त्यसको भिडियो बनाउनुहोस फोटो खिच्नुहोस र सार्वजनीक गर्नुहोस तपाई जागेको बेला बदमाशहरु भाग्ने छन ।
नेता द्विवेदीले जनताको लोकतन्त्रकोलागि आफनो उम्मदवारी भएको र सबै नागरिकले आफूलाई अजय द्विवेदी सम्झेर निर्वाचनरुपी यो संग्राममा भाग लिन अपिल गरेका छन ।


पत्रकारको सवालको जवाफ दिदै उम्मेदवार द्विवेदीले पर्साको क्षेत्र नं १ का जनता राजनीतिक रुपमै बदलावको पक्षमा रहेका छन । पार्टी र उम्मेदवार भन्दा नागरिक अगाडि छन नागरिकले यसपाली आफनो अभिमत निष्ठा र राजनीतिको जीतकालागि ब्यक्त गर्ने आफूमा बिश्वास रहेको द्ववेदीले बताए ।


द्विवेदीले दल नदेखिने गुट देखिने गुट भित्र पनि यो वा त्यो देखिने, दल भित्र जनताको आवाज नवोलिने नदेखिने अहिलेको अवस्थामा स्वतन्त्र उम्मेदवार प्रति जनाको आकर्षण छ त्यसैले दलहरुकोलागि पनि आफनो उम्मेदवारी दवावपूर्ण हुने बताए ।


द्ववेदीले नागरिक अहिले राजनीतिमै बदलवा खोजिरहेका छन । जनता आफै अगाडि बढेर आफनो राजनीतिको दिशा तय गर्ने छन जनताको अहिलेको मुड यहि छ कुनै पनि अवरोध र षडयन्त्रले नागरिकको यो भावमा परिर्वतन नआउने अवस्था देखिएको छ ।


द्ववेदीले राजनीतिक तथा प्रशासनीक संरचनाले आफनो उद्धेश्य अनुरुप काम नगरेकोले लोकतन्त्रको प्रतिफल नागरिकले अनुभूत गर्न नपाएको चर्चा गर्दा प्रशासनीक संरचना र राजनीतिलाई सिस्टममा चलाउनकालागि आफूले ध्यान दिने बताए । संरचनाहरुको मजवुतीकरणले मात्र जनताको समस्या हल गर्न सक्ने बताए ।


प्रणाली बलीयो भयो भने मात्र बिकास र प्रगती हुने बताउदै नेता द्विवेदीले वडाध्यक्ष देखी सासँद गर्ने काम एउटै भएकोले बिकासको काम प्रभावकारी नभएको बताए ।

स्थानीय तहलाई बलियो बनाउनु पर्ने नेता द्विवेदी बिचार छ ।उनले जनसेवामा रहेका सरकारी संरचनाहरुको काम प्रभावकारी बनाउन ध्यान दिने उनले बताए ।

 

खानेपानी कार्यालयको परिभाषित काम खाने पानीको समस्याहरुको हल गर्ने र खाने पानीको गुणस्तरीयता पनि कामय गर्ने हो त्यो कार्यालयले त्यसो गर्न नसके त्यो दण्डीत हुन पर्छ अव यस्तो वतावरण बनाउन आवश्यक रहेको उनले बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.