logo

मुख्यमंत्री राउतद्वारा नारायणी अस्पताललाई स्वास्थ्य समाग्री सहित २५ लाख हस्तान्तरण

      5/25/2020 गते 00 00 मा प्रकाशित     1117   पटक पढिएको

मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य सामग्री तथा चेक हस्तान्तरण गर्नु भएको छ ।

 


नारायाणी उपक्षेत्रीय अस्पताल बीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायलाई मुख्यमन्त्री राउतले आज उक्त सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।

 

मुख्यमन्त्री राउतले आज हस्तान्तरण गर्नु भएको सामग्रीहरुमा भिटिएम ९ सय ५० थान, मास्क ४ हजार थान, सर्जिकल ग्लब्स १ हजार जोडा, डिजिटल थर्मोमिटर ३० थान, स्यानीटाइजर २५ लिटर, पिपिई ३० थान, गमबुट २० थान र जनचेतना मुलक हाते पर्चा ५ सय थान रहेको छ ।

 

यसका अतिरिक्त मुख्यमन्त्री राउतले संक्रमितहरुको खाना र खाजाको लागि प्रदेश सरकारले निर्णय गरे बमोजिम २५ लाख रुपैयाको चेक समेत हस्तान्तरण गर्नु भएको छ ।

 


यस अघि प्रदेश सरकारले नारायणी अस्पताललाई पिसिआर मेसिन उपलब्ध गराउनुका साथै सोको संचालनका लागि ५० लाख रुपैया समेत उपलब्ध गराएको थियो ।


कोरोना महामारीले प्रदेशमै सबै भन्दा बढी प्रभावित रहेको पर्सा र बारा जिल्लाको संक्रमितहरुको उपचारमा समस्या हुन नदिन तथा सम्भावित संक्रमितको पहिचानमा कमि हुन नदिन नारायणी अस्पताललाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको छ ।


उक्त अवसरमा मुख्यमन्त्री राउतले मानव सभ्यताकै लागि चुनौती बनेको कोरोना महामारी नियन्त्रणकोलागि प्रदेश सरकारले आफनो क्षमता अनुसारको पहलमा कुनै कमि हुन नदिने प्रतिबद्धता समेत जनाउनु भएको हो ।
उहाँले प्रदेश सरकारले घोषणा गरे अनुरुप जनकपुर, बीरगंज र राजविराज बाट कोरोना परीक्षणको लागि पिसिआर मसिन जडान गरि सकेको र थप पिसिआर मेसिनको लागि पहल समेत गरि रहेको बताउनु भयो ।

 

उहाँले विरामीहरुको संख्यामा वृद्धि भए पछि विरगंज र जनकपुरमा थप आइसोलेशन बेड निर्माणको प्रक्रिया समेत शुरु गरि सकेको उल्लेख गर्नु भयो । प्रदेश सरकारले हाल सबै जिल्लामा आइसोलेशन बेड निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको र थप जनशक्ति पूर्ति गर्ने काम समेत गरि सकेको बताउनु भयो ।

 


उहाँ प्रदेशमा भारत लगायतका अन्यमुलुकबाट आउने नागरिकहरुकोलागि नेपाली सेनाले संचालन गर्ने गरि विरगंजमा ५ सय सैयाको होल्डिङ्ग क्वरेन्टाइन, बारा र सप्तरीमा ५/५ सय सैयाको प्रादेशिक क्वारेन्टाइन निर्माणको प्रक्रिया समेत शुरु भै सकेको जानकारी गराउनु भयो ।

 


उक्त अवसरमा , प्रदेशसभा  सदस्य प्रह्लाद गिरी,   सिंग्घासन सा कलवार, जन्नत अन्सारी, बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी प्रतिनिधिसभाका निलम्वित सदस्य हरिनारायण रौनियार  सहितको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.