logo

नारायणी अस्पताल कोरोना  बिमारी मुक्त , मध्य तराईका नागरिकले नियमित स्वास्थ्य सेवा पाउछनः सरावगी

      5/25/2020 गते 00 00 मा प्रकाशित     1751   पटक पढिएको

कोरोना भाइरस (कोभिड – १९) को संक्रमणमा परी वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराईरहेका ४३ जना आज डिस्चार्ज  भएका छन् ।

 

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष एवं  आवाज एफएमका प्रवन्धक श्याम बन्जारा र  अनलाईनखवरका सम्वाददाता सुरेश बिडारी पनि १४ दिनको आइसोलेशन बसाई पछि कारोना जितेर फर्किनु भएको छ । 

 

पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ भएपछि उहाँहरुलाई कोरोना मुक्त भन्दै डिस्चार्ज गरिएको अस्पतालका मेसु डा .मदनकुमार उपाध्यायले बताउनु भयो  ।

यसअघि नारायणीबाट आइतबार मात्रै १८ जना डिस्चार्ज भएका थिए ।  डा.उपाध्यायले पछिल्लो पटक ३० बैशाख र त्यसभन्दा अघिका विभिन्न मितिमा भर्ना भएका संक्रमितहरु कोरोनामुक्त भएको स्पष्ट पार्नु भयो  । आज ४३ जना कोरोनामुक्त हुँदा नारायणी अस्पतालको आइसोलेसन पनि खाली  भएको उहाँले बताउनु भयो  ।अवको ७२ घण्टा भित्रमा अस्पतालाई निर्मलीकरण (डिस्इन्फेक्टेड) गरेर   आम जनताको सेवामा समर्पित गरिने भएको छ । बीरगंज महानगरले डिसइन्फेक्टेड बनाएर अस्पतालमा नियमित सेवा संचालनको अवस्था बनाउने महानगर प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो ।
वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख  विजयकुमार सरावगीले वीरगञ्जस्थित नारायणी अस्पतालको जनरल सेवा ७२ घण्टा भित्र सुरु हुने बताउनु भएको छ। 

 

मेयर सरावगीले आफ्नो आधिकारिक फेसबुक हेण्डलबाट आज नारायणी असपतालमा उपचारत सम्पूर्ण कोरोना संक्रमितहरु डिस्चार्ज भएको बताउँदै छिटै नारायणी अस्पतालको आपतकालीन सेवा सहित अन्य सम्पूर्ण सेवाहरु पुन  शुरु हुने बताउनु भएको हो ।

 

कोरोना जीतेर घर फर्किएका दुई पत्रकार सहित अन्यलाई स्वागत गर्न महानगर प्रमुख सरावगी आफै अस्पताल जानु भएको थियो । कोरोना बिजेताहरुलाई पुष्प दिएर उहाँले स्वागत गर्नु भएको थियो । 

 

सोमबार कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका ४३ संक्रमितहरुलाई स्वास्थ्य लाभको शुभकामना दिँदै मेयर सरावगीले भोलिदेखि नै नारायणी अस्पताललाई डिसिन्फ़ेक्ट गर्ने कार्य सुरु हुने समेत जानकरी दिनु भएको थियो । 

 

मेयर सरावगीले नारायणीलाई सर्वसाधारण जनताले उपचार गर्न पाउने अस्पतालको रुपमा सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य महानगरपालिकाले गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

 

नारायणी अस्पताललाई जनताको अस्पताल वनाउन पहल गर्नुहुने पर्सामा क्रियाशिल प्रमुख राजनीतिक दलका नेतृत्वगण,माननीय , संविधानसभाका सदस्य, पूर्व माननीय , जनप्रतिनिधि , नागरिक समाजका अगुवाहरु, प्रमुख जिल्ला अधिकारी सहित सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरु, नारायणी अस्पातालका मेसु सहित सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, सम्पूर्ण उद्योगी ब्यवसायीहरु, संचारकर्मीमित्रहरु, आदरणीय वीरगंजवासी दाजुभाई दिदी वहिनीहरुमा विशेष धन्यवाद सहित आभार प्रकट गर्दछु । संकटको घडिमा वीरगञ्जका जनताको सेवाको लागि वीरगञ्ज महानगरपालिका तपाईहरुको साथमा हुने विश्वास दिलाउन चाहन्छु ” उहाँले आफनो सामाजिक संजालमा लेख्नु भएको छ । 

महानगर प्रमुख बिजय सरावगीकै कारण नारायणी अस्पताल फेरी मध्य तराइका  नागरिकको स्वास्थ्य रक्षाको अभियानमा सहभागि हुने भएको छ ।

 

राजनीति नेतृत्वको बहुलठीपनकै कारण नारायणी कोभिड अस्पतालको रुपमा परिणत भएको थियो । धेरै संक्रमीतहरुलाई नयाँ जीवन दिन सकेको नारायणीले अव सीमान्त जीवन यापन गर्ने नागरिकलाई अन्य स्वास्थ्य सम्बन्धी सेवा दिनेछ ।

 

कोरोना बिरुद्धको अभियानमा बीरगंज महानगरका प्रमुखको नेतृत्वमा अन्य ब्यवस्थापन हुने चित्रहरु देखा परेका छन । 

 

अव यस क्षेत्रका बाँकी बिरामी अहिले सोही अस्पतालले महानगरको ब्यवस्थापनमा सञ्चालमा ल्याएको कोरोना विशेष अस्पताल ९गण्डक अस्पताल० मा रहेका छन् । सो अस्पतालमा अहिले २७ जना बिरामी छन् ।

 

नारायणीको पछिल्लो विवरण सहित कोरोना जितेर घर फर्कनेको संख्या १५५ पुग्नेछ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.