logo

बिभिन्न मितिमा रक्सौलमा आइपुगेर क्वारेन्टिनमा रोकिएका स्वदेश  फर्किए,फर्किन पाउदा निकै खुशी छन नेपालीहरु

      5/27/2020 गते 00 00 मा प्रकाशित     1274   पटक पढिएको


लकडाउनका कारण रक्सौलको क्वारेन्टिनमा आश्रय लिएर बसेका करीब ५ सय बढी जना नेपालीलाई आज वीरगञ्ज नाकाबाट भित्र्याइएको छ ।

 

भारतको रक्सौल र आसपासका क्वारेन्टाइनमा राखिएका उनीहरूलाई नेपाल भित्र्याउन वीरगञ्ज महानगरका प्रमुख, स्थानीय प्रशासन नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख स्थानीय नेपाली सेना बिहानैदेखि नाकामा खटिएका छन्

लकडाउनका कारण सीमापारी रक्सौलमा रोकिएका नेपालीहरुले आज आफनो देश प्रवेश पाएका छन । भारतको बिभिन्न स्थानमा रोजगारीकालागि गएका नेपालीहरु लकडाउन पछि  स्वदेश आउनकालागि बिभिन्न मितिमा रक्सौल आइपुगेर त्याहाको क्वारेन्टिनमा रहेका थिए । लकडाउनका कारण नेपाल आउन नपाएका नेपालीहरुलाई नेपाल ल्याउने नीति अख्तियार गरेपछि   आज नेपाल ल्याइएको हो ।

 


रक्सौलको बिभिन्न स्कूल र धर्मशलामा बनाइएको क्वारेन्टिनमा रहेका नेपालीहरुलाई आज नेपाल प्रवेश गराइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताउनु भयो । 

 


बिहानै सशस्त्र प्रहरीका पर्सा प्रमुख दीपेन्द्र कुंवर रक्सौलका क्वारेन्टिनमा पुगेर नेपालीहरुलाई स्वदेश लैजाने कुराको सूचना दिनु भएको थियो । उहाँले म तपाईहरुलाई लिन आएको हु निकै दुःख खेप्नु भयो होला अव चिन्ता नगर्नुहोस पटक पटकको प्रयास पछि आज तपाईहरुलाई देश लान्छौ भने पछि क्वारेन्टिनमा रहेका नेपालीहरु खुशीले गदगद भए ।

 

ताली बजाए, आफनो मातृभुमीको पक्षमा नारा लगाए सशस्त्र प्रहरी नेपाल प्रहरी जिन्दाबाद भने । १८ दिन पछि स्वदेश फर्किन पाएका पर्साको जिराभवानीका त्रिदेव ओझैयाले सरकारले आफूहरुलाई नेपाल भित्र्याउने खवर सुने पछि निकै खुशी लागेको बताउनु भयो । स्वदेश फर्किएपछि गाउँपालिकामा रहेको क्वारेन्टिनमा राख्ने ब्यवस्था मिलाउन समेत उहाँले आग्रह गर्नु भयो ।

 

त्यस्तै सखुवा प्रसौनी गाउँपालिका ३ का भोला ओझौया चौधरी पनि स्वेदेश फर्किन पाउदा खुशी लागेको बताउनु भयो । उहाँले देश  भनेको के हो भन्ने कुरा  रक्सौलको क्वारेन्टिनको बसाईले सिकाएको बताउनु भयो ।
यसअघि बिभिन्न समयमा नेपालीहरुलाई नेपाल ल्याउने स्थानीय प्रशासनको तयारी रहे पनि काउन्टरपार्टले माथिको आदेश नआएको भन्दै रोक्दै आएको थियो । 


सीमाबाट ३ सय ५०  बढी नेपालीहरु नेपाल प्रवेश गरिसकेका छन लाईनमा २ सय भन्दा अझै बढी रहेका छन । रक्सौलबाट स्वेदश प्रवेश गर्नेहरु नेपालका २५ जिल्लाका रहेका छन । 


पर्साका बिभिन्न  स्थानका नागरिकलाई स्थानीय तहले बनाएका क्वारेन्टिनमा पठाइने छ । उपत्याकाका नागरिकलाई बीरगंजको क्वारेन्टिनमा ब्यवस्थापन गरिने स्थानीय प्रशासनले जनाएको छ । 

 

रक्सौलको क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई नेपाल भित्र्याउने पटक पटकको प्रयास बल्ल आज सफल भएको सहायक प्रजिअ बस्नेतले बताउनु भयो । रक्सौबाट नेपाल प्रवेश गरेका नागरिकलाई सीमा इनर्वामा नाम ठेगाना इन्ट्री गरेर प्रवेश गराइएको थियो ।


रुकुम ,दाङ,धादिङ र चितवनबाट त्याहाका नागरिकलाई लैजान बस आइसकेको छ । अन्य कुनै जिल्लाबाट बस नआए पनि स्थानीय प्रशासनले समन्वय गरेर पठाउने तयारी गरेको छ ।

 

आज बेलुकमा सम्ममा सबैलाई पठाउने स्थानीय प्रशासनको तयारी छ । कोही रोकिएमा बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टिनमा राखिने तयारी गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.