पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादव प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएका छन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार यादव २२ हजार ५ सय ३७ मत प्राप्त गरि बिजयी भएका छन । यादव पर्साको क्षेत्र नं १ बाट दोश्रो पटक बिजेता बनेका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले २० हजार ९ सय १७ मत ल्याएका छन् ।
याददव १ हजार ६ सय २० मत अन्तरले बिजयी भएका हुन ।
पाँच दलीय गठबन्धनको साझा उम्मेदवार लोसपाका लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ । कर्णले मात्र १ हजार १ सय १७ मत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया