logo

वीरगन्ज महानगरको कोरोना कोषमा एक करोड भन्दा बढी, सहयोगी दाताहरुको संख्या बढ्दै 

      5/27/2020 गते 00 00 मा प्रकाशित     1214   पटक पढिएको

वीरगन्ज, १४ जेठ । वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा आर्थिक सहयोग जुट्न थालेको छ ।

महानगरपालिकाले कोरोना संक्रमणबाट महानगरवासीलाई सुरक्षित राख्न वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको सक्रियताले कोरोना विशेष अस्पतालको स्थापनापछि अहिले क्वारेण्टीन व्यावस्थापन र परीक्षण गर्नका लागि पीसीआर, किट र भीटीएम खरिदका लागि सहयोग आह्वान गरेको छ ।

अहिले विभिन्न संघ संस्था र व्यक्तिगत पनि सहयोगहरु जुट्न थालेको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जानकारी दिए । बुधबार भगवती स्टील प्रालिले एकलाख १ हजार र सानोपाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५१ हजार एकसय ५१ रुपैंयाको चेक हस्तान्तरण गरेका छन् ।

भगवती स्टिल प्रालिका प्रतिनिधि  र सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी प्रबन्धक तसविरन खातनुले वीरगन्ज महानगरपालिकका मेयर विजय कुमार सरावगीलाई कार्याकक्षमै पुगेर हस्तान्तरण गरेको हो ।

वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा अहिलेसम्म एक करोड भन्दा बढी रकम जम्मा भईसकेको महानगरपालिकाका मेयर सरावगीले बताए । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका र नेपालकै प्रमुख नाकामा कोरोना संक्रमण देखापर्नु भन्दा पहिलेदेखि नै यसको रोकथाम र नियन्त्रणमा गम्भीर भएर लागि परेका मेयर सरावगीलाई यसअघि जनताको काम नगरेको भन्दै आलोचना गर्ने गरेका थिए अहिले भने उनको कामलाई आलोचना गर्नेहरुले पनि प्रशंसा गर्न थालेका छन् ।

मानव जगतलाई नै संकटमा पारेको यो विषम परिस्थितिमा महानगरपालिकाको नेतृत्वको सक्रियता प्रशंसनीय रहेकोले सबैले यो काममा सहयोग गर्नुपर्ने सानो पाईला बचत तथा ऋण सहकारी संस्थाकी प्रवन्धक तसविरन खातुनले बताईन् ।  

यसैबीच वीरगन्जमा कोरोना संक्रमितहरु निको भएर गएपछि खाली भएको नारायणी अस्पताललाई पुनःसर्वसाधारण बिरामीको उपचार सेवा शुरु गर्न तल्लीन रहेका छन् । सोमबार साँझ नारायणी अस्पतालबाट ४३ जना एकैपटक डिस्चार्ज भएपछि मंगलबार बिहानै मेयर सरावगी आफै पुगेर नारायणी अस्पतालमा पुगेर अस्पताललाई निःसंक्रमण गराएरका थिए ।

नारायणी अस्पतालका चिकित्सकहरुसँगको समन्वयमाम बिहीबारदेखि नारायाणी अस्पतालमा डाईलासिस सेवा शुरु गर्ने भएको छ । नारायणी अस्पतालमा कोरोना संक्रमितहरुको उपचार गराउनथालेपछि नारायणी अस्पतालबाट दिईदै आएको सबैसेवा नेशनले मेडिकल कलेजमा सारिएको थियो ।

त्यहाँ राम्रो उपचार नपाएर डाईलासिल गराउने सातजना बिरामीको मृत्यु भएपछि नारायणी अस्पतालमा तत्काल सेवा सुचारु गर्न दबाव बढेको थियो । बिहीबारदेखि पहिलो चरणमा डाईलासिस सेवा सुर गर्न अस्पताल तयार भएको मेयर सरावगीले बताए । 
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.