logo

वीरगन्ज महानगरको कोरोना कोषमा एक करोड भन्दा बढी, सहयोगी दाताहरुको संख्या बढ्दै 

      5/27/2020 गते 00 00 मा प्रकाशित     1111   पटक पढिएको

वीरगन्ज, १४ जेठ । वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा आर्थिक सहयोग जुट्न थालेको छ ।

महानगरपालिकाले कोरोना संक्रमणबाट महानगरवासीलाई सुरक्षित राख्न वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको सक्रियताले कोरोना विशेष अस्पतालको स्थापनापछि अहिले क्वारेण्टीन व्यावस्थापन र परीक्षण गर्नका लागि पीसीआर, किट र भीटीएम खरिदका लागि सहयोग आह्वान गरेको छ ।

अहिले विभिन्न संघ संस्था र व्यक्तिगत पनि सहयोगहरु जुट्न थालेको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जानकारी दिए । बुधबार भगवती स्टील प्रालिले एकलाख १ हजार र सानोपाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५१ हजार एकसय ५१ रुपैंयाको चेक हस्तान्तरण गरेका छन् ।

भगवती स्टिल प्रालिका प्रतिनिधि  र सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी प्रबन्धक तसविरन खातनुले वीरगन्ज महानगरपालिकका मेयर विजय कुमार सरावगीलाई कार्याकक्षमै पुगेर हस्तान्तरण गरेको हो ।

वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा अहिलेसम्म एक करोड भन्दा बढी रकम जम्मा भईसकेको महानगरपालिकाका मेयर सरावगीले बताए । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका र नेपालकै प्रमुख नाकामा कोरोना संक्रमण देखापर्नु भन्दा पहिलेदेखि नै यसको रोकथाम र नियन्त्रणमा गम्भीर भएर लागि परेका मेयर सरावगीलाई यसअघि जनताको काम नगरेको भन्दै आलोचना गर्ने गरेका थिए अहिले भने उनको कामलाई आलोचना गर्नेहरुले पनि प्रशंसा गर्न थालेका छन् ।

मानव जगतलाई नै संकटमा पारेको यो विषम परिस्थितिमा महानगरपालिकाको नेतृत्वको सक्रियता प्रशंसनीय रहेकोले सबैले यो काममा सहयोग गर्नुपर्ने सानो पाईला बचत तथा ऋण सहकारी संस्थाकी प्रवन्धक तसविरन खातुनले बताईन् ।  

यसैबीच वीरगन्जमा कोरोना संक्रमितहरु निको भएर गएपछि खाली भएको नारायणी अस्पताललाई पुनःसर्वसाधारण बिरामीको उपचार सेवा शुरु गर्न तल्लीन रहेका छन् । सोमबार साँझ नारायणी अस्पतालबाट ४३ जना एकैपटक डिस्चार्ज भएपछि मंगलबार बिहानै मेयर सरावगी आफै पुगेर नारायणी अस्पतालमा पुगेर अस्पताललाई निःसंक्रमण गराएरका थिए ।

नारायणी अस्पतालका चिकित्सकहरुसँगको समन्वयमाम बिहीबारदेखि नारायाणी अस्पतालमा डाईलासिस सेवा शुरु गर्ने भएको छ । नारायणी अस्पतालमा कोरोना संक्रमितहरुको उपचार गराउनथालेपछि नारायणी अस्पतालबाट दिईदै आएको सबैसेवा नेशनले मेडिकल कलेजमा सारिएको थियो ।

त्यहाँ राम्रो उपचार नपाएर डाईलासिल गराउने सातजना बिरामीको मृत्यु भएपछि नारायणी अस्पतालमा तत्काल सेवा सुचारु गर्न दबाव बढेको थियो । बिहीबारदेखि पहिलो चरणमा डाईलासिस सेवा सुर गर्न अस्पताल तयार भएको मेयर सरावगीले बताए । 
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.