logo

छ दलीय घेरावन्दीको बिरुद्ध मधेशमा एमालेको जर्वजस्त उपस्थिति, मधेशमा बन्यो पहिलो दल

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १२ गते ०७: १३ मा प्रकाशित     403   पटक पढिएको

मधेश प्रदेशको पहिलो प्रदेश सभामा २३ प्रदेश सभा सदस्य सहित तेश्रो दलको हैसियतमा रहेको नेकपा एमाले आम निर्वाचन ०७९ पछि २३ प्रदेश सभा सदस्य सहित मधेश प्रदेशको पहिलो दल बन्ने देखिन्छ ।

 

एमालेले १४ सिटमा जित निकालेको छ भने १ सीटमा अग्रता कामय गरेको छ । उसले पाएको समानुपातिक तर्फको मतबाट प्राप्त हुने प्रदेश सभा सदस्य संख्याको अनुमान गर्दा नेकपा एमालेको प्रदेश सभामा २३ सदस्य हुने बलियो आकंलन छ।


पार्टी बिभाजन हुदा एमालेको पक्षमा ९ जना प्रदेश सभा सदस्य बाँकी थिए । अन्य सदस्यहरु नेकपा एकिकृत समाजवादीमा लागेका थिए । प्रदेश सभामा नेकपा एमाले छैठौं दलको रुपमा रहेको थियो । त्यही एमाले ०७९ बिभाजनको अवस्थामा छ दलीय गठबन्धनको घेराबन्दीमा निर्वाचनमा होमिएको थियो । त्यस्तो अवस्थामा आएको

पछिल्लो मत परिणामअनुसार प्रदेशसभातर्फ मधेस प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ ।

प्रदेशको ६४ मध्ये हालसम्म सार्वजनिक ६३ सिटको परिणाम अनुसार एमालेले १४ सिट जितेको हो ।

 

कांग्रेसले १३ सिट जित्दा जसपाले ९ क्षेत्रमा जित निकालेको छ । यस्तै, लोसपा ७ सिट जितेको छ । ६ क्षेत्रमा जनमत पार्टी र नेकपा एकीकृत समाजवादी तथा माओवादी केन्द्र ४/४ सिट जितेका छन् भने स्वतन्त्र उम्मेदवारले ६ सिट जितेका छन् ।

मधेस प्रदेशमा प्रत्यक्ष ६४ र ४३ समानुपातिक सांसदसहित १०७ सिट रहेको छ । प्रत्यक्षमा जसपा, लोसपा र जनमत पार्टीले पाएको सिट संख्या २२ रहेको छ । मधेस प्रदेशमा एमाले, कांग्रेस वा जसपाले स्वतन्त्र उम्मेदवारलाई समेटेर आफ्नो नेतृत्वमा सरकार बनाउन सक्ने सम्भावना देखिन्छ ।

यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फोरम २९ सिटसहित पहिलो दल बन्दा राष्ट्रिय जनता पार्टी २५ सिटसहित दोस्रो र नेकपा एमाले २३ सिटसहित तेसो दल बनेको थियो ।

कुन दलको कति सिट?
नेकपा एमाले– १४ सिट
सप्तरी–१ (क) राजकुमार लेखी (१४२९१)
सिरहा–१ (क) राजेन्द्र प्रसाद चौधरी थारु (११७२१)
सिरहा–२ (ख) शत्रुधन प्रसाद सिंह (१३७९७)
सिरहा–३ (क) मनोज कुमार सिंह (१५८८६)
धनुषा–१ (ख) रामचन्द्र मण्डल (१३५७५)
धनुषा–२ (क) लखन दास तत्मा (११५८१)
धनुषा–३ (ख) दिपेन्द्र कुमार ठाकुर (८२२०)
महोत्तरी–४ (क) सरोज कुमार यादव (१०५३१)
रौतहट–२ (क) मो. जैद आलम (१३५३२)
बारा–१ (क) त्रिलोकी प्रसाद (१६७९८)
बारा–३ (क) रविन्द्र दास श्रेष्ठ (८१९५)
बारा–३ (ख) महम्मद समीर (८३२३)
बारा–४ (क) देवनारायण थारु (१३६६२)
महोत्तरी–१ (क) शारदा देवी थापा (८३०४)

नेपाली कांग्रेस–१३ सिट
सप्तरी–३ (क) मोहम्मद समीम (१०६३०)
धनुषा–१ (क) संजय कुमार महतो (१०९५५)
धनुषा–३ (क) रामसरोज यादव (१७०२९)
धनुषा–४ (क) शेषनारायण यादव (१४०५५)
सर्लाही–२ (क) जंगीलाल राय (८२९०)
सर्लाही–२ (ख) कौशल किशोर राय (९६२६)
सर्लाही–४ (क) बीरेन्द्र कुमार सिंह (१५६९३)
रौतहट–१ (क) नागेन्द्र साह (१०५०२)
रौतहट–१ (ख) कृष्ण कुमार यादव (१२४८९)
रौतहट–३ (ख) सुनिल कुमार यादव (१६८७७)
पर्सा–२ (क) श्याम प्रसाद पटेल (१३७८४)
पर्सा–३ (ख) जर्नादन सिंह क्षेत्री (१०१७२)
पर्सा–४ (क) शंकर प्रसाद चौधरी (१२१८२)

जसपा–९ सिट
सिरहा–१ (ख) राजकुमार गुप्ता (१६२३९)
धनुषा–२ (ख) रामअशिष यादव (१०६२४)
महोत्तरी–४ (ख) सरोज कुमार सिंह (११४८६)
सर्लाही–३ (ख) संजय कुमार यादव (१३१९०)
रौतहट–४ (ख) शेख अबुकलाम अजाद (८७४१)
बारा–१ (ख) सरोज कुमार यादव (१५९२७)
बारा–२ (ख) बच्चा राउत अहिर (१०३०२)
पर्सा–१ (ख) लालबाबु राउत (७५४५)
पर्सा–४ (ख) सिंगासन सा कलवार (१५४३५)

लोसपा–७ सिट
सिरहा–४ (ख) रामबाबु यादव (९७६३)
महोत्तरी–२ (क) जयनुल राइन (११४२४)
महोत्तरी–३ (क) अभिराम शर्मा (९८९२)
महोत्तरी–३ (ख) रानी कुमारी तिवारी (६४१४)
सर्लाही–१ (क) उपेन्द्र महतो (१२२६५)
बारा–४ (ख) जितेन्द्र सोनल (१३६२६)
पर्सा–२ (ख) रमेश प्रसाद कुर्मी (९४७१)

जनमत पार्टी–६ सिट
सप्तरी–१ (ख) सकिय मियाँ (१६१५५)
सप्तरी–२ (क) सतिश कुमार सिंह (१६७३४)
सप्तरी–२ (ख) महेश प्रसाद यादव (१३३२५)
सप्तरी–३ (ख) शम्भु कुमार साह (१०८६२)
सिरहा–२ (क) सञ्जयकुमार यादव (१२१७१)
सिरहा–४ (क) त्रिभुवन साह (८२२९)

नेकपा एकीकृत समाजवादी पार्टी–४ सिट
सप्तरी–४ (क) गोवीन्द बहादुर न्यौपाने (११४२९)
सिरहा–३ (ख) प्रमोद कुमार यादव (९९७६)
सर्लाही–१ (ख) बेची लुंगेली (१३३०१)
रौतहट–२ (ख) कनिश पटेल (१०४४२)

नेकपा माओवादी केन्द्र–४ सिट
महोत्तरी–१ (ख) भरत प्रसाद साह (८३७१)
सर्लाही–४ (ख) फकिरा महतो (८०३३)
रौतहट–४ (क) युवराज भट्टराई (१५३६८)
पर्सा–१ (क) रहबर अंसारी (७८१७)

स्वतन्त्र–६ जना
सप्तरी–४ (ख) अनिरुद्ध कुमार सिंह (९९८५)
महोत्तरी–२ (ख) सुरिता कुमारी साह (८५६८)
सर्लाही–३ (क) जवाहर लाल कुशवाहा (१६५९१)
रौतहट–३ (क) केशव राय (१२२५५)
पर्सा–३ (क) प्रमोद कुमार जयसवाल (७३८१)
बारा–२ (क) शारदा शंकर प्रसाद कलवार (९२९५)

नतिजा आउन बाँकी 
धनुषा–४ को (ख) (एमालेको अग्रता)

को कहाँ जिते?
सप्तरी
सप्तरी १ (क) मा एमालेका राजकुमार लेखी १४२९१ निर्वाचित
सप्तरी १ (ख) मा जनमत पार्टीका सकिय मियाँ १६१५५ निर्वाचित
सप्तरी २ (क) मा जनमतका सतिश कुमार सिंह १६७३४ निर्वाचित
सप्तरी २ (ख) मा जनमतका महेश प्रसाद यादव १३३२५ निर्वाचित
सप्तरी ३ (क) कांग्रेसका मोहम्मद समीम १०६३० निर्वाचित
सप्तरी ३ (ख) जनमत पार्टीका शम्भु कुमार साह १०८६२ निर्वाचित
सप्तरी ४ (क) नेकपा एसका गोवीन्द बहादुर न्यौपाने ११४२९ निर्वाचित
सप्तरी ४ (ख) स्वतन्त्र उम्मेदवार अनिरुद्ध कुमार सिंह ९९८५ निर्वाचित

सिरहा
सिरहा १ (क) मा एमालेका राजेन्द्र प्रसाद चौधरी थारु ११७२१ निर्वाचित
सिरहा १ (ख) मा जसपाका राजकुमार गुप्ता १६२३९ निर्वाचित
सिरहा २ (क) मा जनमत पार्टीका सञ्जयकुमार यादव १२१७१ निर्वाचित
सिरहा २ (ख) मा एमालेका शत्रुधन प्रसाद सिंह १३७९७ निर्वाचित
सिरहा ३ (क) मा एमालेका मनोज कुमार सिंह १५८८६ निर्वाचित
सिरहा ३ (ख) मा नेकपा एसका प्रमोद कुमार यादव ९९७६ निर्वाचित
सिरहा ४ (क) मा जनमत पार्टीका त्रिभुवन साह ८२२९ निर्वाचित
सिरहा ४ (ख) मा लोसपाका रामबाबु यादव ९७६३ निर्वाचित

धनुषा
धनुषा १ (क) मा नेपाली कांग्रेसका संजय कुमार महतो १०९५६ निर्वाचित
धनुषा १ (ख) मा नेकपा एमालेका रामचन्द्र मण्डल १३५७५ निर्वाचित
धनुषा २ (क) मा एमालेका लखन दास तत्मा ११५८१ निर्वाचित
धनुषा २ (ख) मा जसपाका रामअशिष यादव १०६२४ निर्वाचित
धनुषा ३ (क) मा कांग्रेसका रामसरोज यादव १७०२९ निर्वाचित
धनुषा ३ (ख) मा एमालेका दिपेन्द्र कुमार ठाकुर ८२२० निर्वाचित
धनुषा ४ (क) मा कांग्रेसका शेषनारायण यादव १४०५५ निर्वाचित
धनुषा ४ (ख) मा एमालेका हरिनारायण महतोको अग्रता

महोत्तरी
महोत्तरी १ (क) मा एमालेकी शारदा थापा ८३०४ निर्वाचित
महोत्तरी १ (ख) मा नेकपा माओवादीका भरत प्रसाद साह ८३७१ निर्वाचित
महोत्तरी २ (क) मा लोसपाका जयनुल राइन ११४२४ निर्वाचित
महोत्तरी २ (ख) मा स्वतन्त्र उम्मेदवार सुरिता कुमारी साह ८५६८ निर्वाचित
महोत्तरी ३ (क) मा लोसपाका अभिराम शर्मा ९८९२ निर्वाचित
महोत्तरी ३ (ख) मा लोसपाकी रानी कुमारी तिवारी ६४१४ निर्वाचित
महोत्तरी ४ (क) मा एमालेका सरोज कुमार यादव १०५३१ निर्वाचित
महोत्तरी ४ (ख) मा जसपाका सरोज कुमार सिंह ११४८६ निर्वाचित

सर्लाही
सर्लाही १ (क) मा लोसपाका उपेन्द्र महतो १२२६५ निर्वाचित
सर्लाही १ (ख) मा नेकपा एसकी बेची लुंगेली १३३०१ निर्वाचित
सर्लाही २ (क) मा नेपाली कांग्रेसका जंगीलाल राय ८२९० निर्वाचित
सर्लाही २ (ख) मा कांग्रेसका कौशल किशोर राय ९६२६ निर्वाचित
सर्लाही ३ (क) मा स्वतन्त्र उम्मेदवार जवाहर लाल कुशवाहा १६५९१ निर्वाचित
सर्लाही ३ (ख) मा जसपाका संजय कुमार यादव १३१९० निर्वाचित
सर्लाही ४ (क) मा कांग्रेसका बीरेन्द्र कुमार सिंह १५६९३ निर्वाचित
सर्लाही ४ (ख) मा माओवादी केन्द्रका फकिरा महतो ८०३३ निर्वाचित

रौतहट
रौतहट १ (क) मा कांग्रेसका नागेन्द्र साह १०५०२ निर्वाचित
रौतहट १ (ख) मा कांग्रेसका कृष्ण कुमार यादव १२४८९ निर्वाचित
रौतहट २ (क) मा एमालेका मो. जैद आलम १३५३२ निर्वाचित
रौतहट २ (ख) मा नेकपा एसका कनिश पटेल १०४४२ निर्वाचित
रौतहट ३ (क) मा स्वतन्त्र उम्मेदवार केशव राय १२२५५ निर्वाचित
रौतहट ३ (ख) मा कांग्रेसका सुनिल कुमार यादव १६८७७ निर्वाचित
रौतहट ४ (क) मा माओवादी केन्द्रका युवराज भट्टराई १५३६८ निर्वाचित
रौतहट ४ (ख) मा जसपाका शेख अबुकलाम अजाद ८७४१ निर्वाचित

बारा
बारा १ (क) मा एमालेका त्रिलोकी प्रसाद १६७९८ निर्वाचित
बारा १ (ख) मा जसपाका सरोज कुमार यादव १५९२७ निर्वाचित
बारा २ (क) मा स्वतन्त्र उम्मेदवार शारदा शंकर प्रसाद कलवार ९२९५ निर्वाचित
बारा २ (ख) मा जसपाका बच्चा राउत अहिर १०३०२ निर्वाचित
बारा ३ (क) मा एमालेका रविन्द्र दास श्रेष्ठ ८१९५ निर्वाचित
बारा ३ (ख) मा एमालेका महम्मद समीर ८३२३ निर्वाचित
बारा ४ (क) मा एमालेका देवनारायण थारु १३६६२ निर्वाचित
बारा ४ (ख) मा लोसपाका जितेन्द्र सोनल १३६२६ निर्वाचित

पर्सा
पर्सा १ (क) मा माओवादी केन्द्रका रहबर अंसारी ७८१७ निर्वाचित
पर्सा १ (ख) मा जसपाका लालबाबु राउत ७५४५ निर्वाचित
पर्सा २ (क) मा कांग्रेसका श्याम प्रसाद पटेल १३७८४ निर्वाचित
पर्सा २ (ख) मा लोसपाका रमेश प्रसाद कुर्मी ९४७१ निर्वाचित
पर्सा ३ (क) मा स्वतन्त्र उम्मेदवार प्रमोद कुमार जयसवाल ७३८१ निर्वाचित
पर्सा ३ (ख) मा कांग्रेसका जर्नादन सिंह क्षेत्री १०१७२ निर्वाचित
पर्सा ४ (क) मा कांग्रेसका शंकर प्रसाद चौधरी १२१८२ निर्वाचित
पर्सा ४ (ख) मा जसपाका सिंगासन सा कलवार १५४३५ निर्वाचित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.