logo

नेकपा एमालेका महासेठ निर्वाचित समाजवादीका महतो पराजीत

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १३ गते ०३: ०० मा प्रकाशित     527   पटक पढिएको

धनुषा ४ बाट नेकपा एमालेका सचिव रघुवीर महासेठ १२४ मतान्तरले निर्वाचित भएका छन्।

उनले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा निश्चित गरेका हुन्।


महासेठले ३२ हजार २३६मत ल्याए भने यादवले ३२ हजार ११२ मत प्राप्त गरे।

महासेठले २०७४ को निार्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट जित निकालेका थिए। त्यसबेलासमेत यादव निकटम प्रतिद्वन्द्वी बनेका थिए।

मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो पराजित भएका छन् ।्

महतो एमालेका उम्मेदवार एवं मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतोसँग पराजित भएका हुन् ।


हरिनारायणले १७ हजार ३०२ मत ल्याएर निर्वाचित हुँदा मन्त्री महतोले १५ हजार ९६० मत ल्याए । महतो मधेश प्रदेशमा नेकपा एसको संसदीय दलको नेता थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.