logo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोइराला फालिए,नयाँ सचिवमा अर्याल भित्र्याइए

      5/28/2020 गते 00 00 मा प्रकाशित     965   पटक पढिएको

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव परिवर्तन गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गत मन्त्रिपरिषदको बैठकले नयाँ स्वास्थ्य सचिवको रुपमा लक्ष्मण अर्याललाई पठाउने निर्णय गरेको छ ।

अर्याल प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए ।

मन्त्रिपरिषदले हालका स्वास्थ्य सचिव यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर उनको ठाँउमा अर्याललाई ल्याउने निर्णय गरेको हो ।

सचिव कोइरालाले स्वास्थ्य सम्हालेको तीन महिना पुगिसकेको छैन् । डाक्टरहरुलाई गाली गरेको भन्दै उहाँको आलोचना समेत भएको थियो । डाक्टर शेरबहादुर पुनको विवादको योजनकार कोइरालानै भएको आरोप लागेको थियो ।

स्वास्थ्य मन्त्रालयको कर्मचारीहरुसँग पटक पटक विवाद भएकाले कोरोना नियन्त्रणमा समन्वय हुन सकेको थिएन । गत १८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्यको जिम्मेवारी दिएको थियो ।

तर कोरोना महामारीविरुद्ध उहाँको भूमिका सन्तोषजनक देखिएको थिएन । खरो स्वभावका कोइराला स्वास्थ्यमा आएपछि भने एक पछि अर्को विवादमा तानिनु भयो  ।

यसले कोरोना नियन्त्रणमा स्वास्थ्यले गरेको प्रयास समेत ओझेले परेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

महासेठ दम्पती पत्रकार सामु, भने जनकपुरको बिकासका बाधक नीधि हुन

जनकपुरधाम ।नेकपा एमालेका सचिव बिदेश बिभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले नेपाली कांग्रेसका नेता बिमलेन्द्र नीधि बिकास बिरोधी भएको बताएका छन ।

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.