logo

नेपालमा संक्रमीतको संख्या हजारको नजिक ,प्रदेश नं २ बन्यो कोरोनाको 'हटस्पट'

      5/28/2020 गते 00 00 मा प्रकाशित     1075   पटक पढिएको

कर्णालीमा ८ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।

 


संक्रमित सबै  नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् ।

यता धनुषामा एकैदिन कोरोनाका २९ जना नयाँ संक्रमित थपिएका छन्। बिहीबार बिहान प्रदेश २ मा थपिएका ७६ जना नयाँ संक्रमितमध्ये २९ जना धनुषाका हुन्।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार प्रदेश २ को धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटका ३ जनामा कोरोना पुष्टि भएको हो।

धनुषामा संक्रमण पुष्टि भएका २९ जनामध्ये १८ जना एउटै क्वारेन्टाइनका मानिस रहेको बताइएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले २९ जनामध्ये १८ जना धनुषाको लक्ष्मिनिया गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनका मानिस रहेको बताउनु भयो ।

 

८ जना धनुषाकै रहे पनि महोत्तरीको जलेश्वरबाट स्वाब परीक्षण गराएको उहाँले बताउनु भयो ।  यसैगरी दुईजना प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा उपचार गराइरहेका र जनक नन्दनी गाउँपालिका क्वारेन्टाइनमा रहेका एकजनामा संक्रमण पुष्टि भएको छ ।

 

संक्रमण पुष्टि भएका सबैजना भारतबाट आउनेहरू रहेको निरौलाले जानकारी दिनु भयो ।धनुषाका प्रमुख जिल्ला अधिकारीका अनुसार स्थानीय संक्रमण अहिले सम्म देखा परेको छैन । संक्रमण देखिनेहरू केही दिनयता भारतबाट आएकाहरू हुन ।

संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेसन बेडसमेत अभाव देखिन थालेको उहाँले बताउनु भयो  प्रादेशीक अस्पताल र जलेश्रको अस्पताल भरिभराउ छ । नाकाबाट भारतमा रहेका नेपाली फर्किन थालेपछि प्रदेश २ मा संक्रमितको संख्या थपिँदै गएको छ। भारत सरकारले प्रवासी मजदुरलाई घर पठाउन रेल सञ्चालन गरे लगत्तै भारतको विभिन्न स्थानबाट नेपालीहरू प्रदेश २ मा भित्रिइरहेका छन्।

 नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने ५ छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.