logo

कोरोना विरुद्ध लड्न महानगरलाई नागरिक समाजको साथ 

      5/29/2020 गते 00 00 मा प्रकाशित     1255   पटक पढिएको

वीरगन्ज, १६ जेठ । मानव सभ्यताको कै चुनौतीको रुपमा देखा परेको कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथामका लागि अहोरात्र खटिएका वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई नागरिक समाजले पनि साथ दिने भएका छन् ।

महानगरपालिकामा शुक्रबार बसेको नागरिक समाजको भेलाले कोरोना नियन्त्रण र रोकथामका लागि मेयर सरावगीको सक्रिय भूमिकाको प्रशंसा गर्दै अहिलेको विषम परिस्थितिमा कोरोनासँग लड्न पूmटेर होईन जुटेर गर्नुपर्नेमा जोड दिए ।

भेलामा बोल्ने नागरिक समाजका अगुवाहरुले नागरिकलाई कोरोनाबाट बचाउनका लागि संघ र प्रदेश सरकारको भूमिका शुन्य देखिएको र स्थानीय सरकारको भूमिकामा कुनै कमी नदेखिएको बताए । नागरिक समाजका अगुवा प्राध्यापक डाक्टर दीपक शाक्यले कोरोना भाईरस नियन्त्रणमा कोही पनि एक्लै लड्न नसक्ने बताउदै कोरोनासँग लड्न महानगरपालिको साथमा सहयोग गर्नुपर्ने बताए ।

संकटको घडीमा नागरिकको जीवन रक्षा नै महत्वपूर्ण भएकोले महानगरपालिकाले गरेको सकारात्मक कामको सहयोग र नकारात्मक कामको आलोचना सहित सुधार गर्न नागरिक समाजको पनि महत्वपूर्ण भूमिका रहने बताए ।

अर्का अगुवा सुशील भट्टराईले संघ सरकारले कोरोना नियन्त्रणमा खासै भूमिका नखेलेको बताउदै प्रदेश सरकारको पनि उपस्थिति नहुँदा नागरिकमा निराशा छाएको बताए । उनले जनताको भोट लिएर जितेका प्रदेशका ८ जना विद्यायक र संघीय संसदमा रहेका ९ जना सांसद सहित १७ जना सांसदहरु पर्साका भएपनि कसैले वीरगन्जको नागरिकको विषयमा गम्भीरता नदेखाएकोमा गुनासो गरे ।

नेपाल चिकित्सक संघका केन्द्रीय सचिव डाक्टर निरज सिंहले भौगोलिक रुपमा वीरगन्ज मुख्य नाका भएकोले यहाँ वीरगन्जको मात्रै होईन नेपालभरीका नागरिक आउने भएकोले यो संकटको बेला स्थानीय वीरगन्जवासी र अन्य स्थानका नागरिकको जीवन रक्षाका लागि महानगरपालिकाले खेल्नुपर्ने भूमिकामा कुनै कमी नभएको बताए ।

लायन्स क्लब इन्टरनेशनलका पूर्व डाईरेक्टर सञ्जय खेतानले कोरोनाले कुनै पेशा, व्यावसाय, धर्म, जात, लिंग र समुदायका व्यक्तिलाई नचिन्ने भएकोले यसको कुनै वादको आधारमा राजनीति गर्न नहुने बताए ।

उनले वीरगन्जलाई सुरक्षित राख्नका लागि लगातार परीक्षणको आवश्यक रहेको र त्यसका लागि वीरगन्जमा पीसीआर मेशिनको आवश्यकता रहेको बताए । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले कोरोना संक्रमणपछि लकडाउनदेखि नै वीरगन्ज महानगरपालिकाको साथमा रहेकोले अझै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य निरन्तर रहने बताए ।

बैंकर्स एशोसिएसनका रोशनभक्त श्रेष्ठले वीरगन्जमा कोरोना नियन्त्रणका लागि महानगरपालिकाले पीसीआर मेशिन खरिदका लागि साथ र सहयोग रहने बताए ।

नेपाल पत्रकार महासंघका पूर्व मध्यमाञ्चल संयोजक महेश दासले वीरगन्ज महानगरपालिकाले स्थानीय सरकारको हैसियतले गरेको काम सराहनीय रहेको बताउदै यो पीडाको अवस्थामा प्रदेश सरकार, संघ सरकारले वीरगन्जमा कोरोना विशेष अस्पताल र व्यावस्थापनमा सहयोग नगरे नागरिक समाज अगाडि आउनुपर्ने आवश्यकता रहेको बताए ।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीको अध्यक्षतामा भएको भेलाले महानगरपालिकाको अभियानमा साथ दिनका लागि विभिन्न पेशा, क्षेत्र, र व्यावसायमा संलग्न नागरिक समाजको समिति गठन गरेको छ ।

प्राध्यापक डाक्टर दीपक शाक्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा नेपाल बार एशोसिएसनका शालिकराम प्रसाद, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, बैकर्स एशोसिएसनका रोशनभक्त श्रेष्ठ, सामाजिक संस्थाबाट इब्राहिम देवान, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनुप तिवारी र कमल मोहन पोखरेल रहेका छन् ।    
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.