logo

यातायात ब्यवस्था कार्यालय वीरगंजको रकमी खेल, बिदेश हुनेको नाममा लाइसेन्स निकालियो, अख्तियार रमितामै ब्यस्त

 इसीमाना सम्वाददाता     २०७९ मंसिर २५ गते ०६: ४३ मा प्रकाशित     984   पटक पढिएको

बिदेशमा भएका आफन्तजनलाई सवारी चालक अनुमती पत्र चाहिएको छ ? छ भने त्यो सेवा वीरगंजमा रहेको यातायात ब्यवस्था कार्यालयले दिदै आएको छ । उसले दिएको यस्तो सेवा सम्बन्धी तथ्य भर्खर प्रकाशमा आएको छ ।

 


बाराका एक युवा १७ अप्रिल २०२२ मा अष्ट्रेलियाकालागि उडे १८ अप्रिल २०२२ को २.५५ मा अष्ट्रेलियाको सिडनीमा अवतरण भए । अप्रिल २०२२ मा सिडनी पुगेका तिनै युवाको नाममा भौतीक पूर्वाधार मंत्रालय मधेश प्रदेशको मातहतमा रहेको यातायात ब्यवस्था कार्यालय वीरगंजले १२ अगस्टमा नगदी रसीद काट्यो । त्यसको टाइप थियो“ एड क्याटोगोरी ” अर्थात “बि” ।


नेपालमै नभएको सेवाग्राहीको सवारीचालक अनुमती पत्र बन्यो । १८ अक्टोवर २०२२ मा एड क्याटोगोरी सहितको सवारी चालक अुमतीपत्र सेवाग्राहीले प्राप्त गरे । सेवाग्राही भने अष्ट्रेलियमा छन ।

 

यातायात ब्यवस्था कार्यालय वीरगंजले भएका सबै कानूनको धज्जी उडाउदै यस्तो सेवा अन्यलाई पनि दिएको स्रोतको दावी छ । यो सवारी चालक अनुमती पत्र दिइदा कार्यालय प्रमुख थिए सुशिल साह ।

 

साह अहिले मधेश प्रदेश सरकारको मातहत रहेको एक बिभागको प्रमुख भएका छन । उनी असार मसान्तमा मात्र यातायात कार्यालयबाट सरुवा भएका हुन । वीरगंजको यातायात ब्यवस्था कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निकै बाक्लो उपस्थिति रहेको कुरा प्रकाशमा आउछन ।

 

त्याहा हुने अनियमितता रोक्न र गर्नेलाई कारवाही गर्न भन्दा पनि कानूनको खिलाफमा सवारी चालक अनुमतीपत्र अवैध आर्थिक नजराना लिएर बेच्नेहरुको मनोववल उच्च पार्न र त्यो नजरानामा भाग लिन अख्तियारको उपस्थिति हुने गरेको त्याहाका कर्मचारीहरुनै बताउछन ।


कार्यालय प्रमुख साहले हजारौ रुपैया नजराना लिएर माथि लेखिएको सवारीचालक अनुमतीपत्र उपलब्ध गराएका हुन । त्यतीबेलाको ट्रयाल कन्ट्रोलर भने अहिलेका कार्यालय प्रमुख कमल गौतम रहेको देखिन्छ । तत्कालीन कार्यालय प्रमुख सुशिल साहले भने सवार िचालक बिना अरुलाई अनुमतीपत्र नदिइएको दावी गर्छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.