logo

वीरगन्जका नागरिक समाजको मुख्यमन्त्रीलाई पुकार, गृहनगरलाई पनि ध्यान देऊ 

      5/29/2020 गते 00 00 मा प्रकाशित     972   पटक पढिएको

वीरगन्ज, १६ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको गृहनगर वीरगन्जको नागरिक समाजले वीरगन्जलाई ध्यान दिन पुकार गरेका छन् ।

कोरोना भाईरसको महामारीसँग लडि रहेको मुख्यमन्त्रीको गृहनगर वीरगन्जमा नै प्रदेश सरकारको ध्यान नपुगेको भन्दै नागरिक समाजले मुख्यमन्त्री राउतलाई वीरगन्जका जनताको जीवनरक्षा गर्न पुकार गरेका हुन् ।

देशमा तीन तहको सरकार रहेपनि अहिले वीरगन्जमा संघ र प्रदेश सरकारको भूमिका नदेखिएको मुख्यमन्त्री राउतकै पार्टी जनता समाजवादीका बुद्धिजीवी संगठनका नेता सुशील भट्टराईले गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “मुख्यमन्त्री ज्यू महानगरपालिकाको ९ वटा वडाका जनताको भोटले नै मुख्यमन्त्री हुनुभएको हो । प्रदेश सरकारको भूमिका देखिएन । सांसद र विधायकहरुको भूमिका पनि शुन्य देखियो । जनताप्रति जवाफदेही हुनुपर्छ ।”

प्रदेश सरकारले पैसा दिएका छौ भन्छ । नगद रकम बाडेर चुप बस्ने अवस्था होईन यो बेलामा पैसा बाड्नु भनेको दूरुपयोग हो ।” ठाकुराम बहुमुखी क्याम्पसका सहप्राध्यापक कन्हैया झा भन्नुहुन्छ, “कोरोना महामारीको बेला अहिले मुख्य सडकमा संघ सरकार र भित्री सडकमा स्थानीय सरकारको मात्रै उपस्थिति देखिन्छ ।

प्रदेश सरकारको कही उपस्थिति देखिएन ।” मुख्यमन्त्री राउतले ४ वटा एम्बुलेन्स भएको पोखरिया नगरपालिकालाई आवश्यकता नै नभएको एम्बुलेन्स खरिदका लागि ३१ लाख २५ हजार र सानोपाईला संस्थाले नारायणी अस्पतालमा खानाको व्यावस्था गरेपछि नारायणी अस्पताललाई खाना व्यावस्थापनका लागि भनेर २५ लाख रकम दिएकोमा नागरिक समाजले कडा आलोचना गरेका छन् ।

सुशील भट्टराई भन्नुहुन्छ, “पोखरियामा ४ वटा एम्बुलेन्स पहिले नै रहेछ । त्यहाँ आवश्यकता नै थिएन । नारायणी अस्पतालमा सानोपाईला संस्थाले खाना खुवाउन थालेपछि आएर चेक दिएको फोटो खिचाउनु भएको छ । उहाँजस्तो विद्धान मुख्यमन्त्रीले पनि आवश्यकता र प्राथामिकता पहिचान गर्न नसक्नु हाम्रो लागि दुर्भाग्य हो ।”

मानव सभ्यताको अस्तित्व नै समाप्त हुने यस्तो अवस्थामा सबैले एकआर्कालाई सहयोगको भावना देखाउनुपर्नेमा जोड दिदै नागरिक समाजले मानवको जीवन रहे फेरी राजनीतिक गर्न सकिने बताए ।

कानुन व्यवसायी विनय सिंहले वीरगन्ज महानगरापालिकाका मेयर विजय कुमार सरावगीलाइ आफ्नो अभियानलाई जारी राख्न सुझाव दिदै भन्नुभयो, “मेयर साबले गर्नुभएको काम सराहनीय छ ।

यसमा सबैको साथ र सहयोग आवश्यक छ ।” कोरोना फैलिन शुरु भएपछि प्रदेश सरकारका मुख्यमन्त्री राउतले प्रदेशको जनताको साथमा छु भन्ने समाचारको स्मरण गर्दै नागरिक समाजले मुख्यमन्त्रीको साथको अनुभूति दिलाउन आग्रह गरेका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.