logo

संस्थागत बिद्यालयको शुल्क निर्धारण प्रति अभिभावक संघको आपत्ती, महानगरको शिक्षा महाशाखाले पत्रकारलाई ढाँट्यो

 इसीमाना सम्वाददाता     २०७९ मंसिर २८ गते ०८: ५२ मा प्रकाशित     531   पटक पढिएको

वीरगंज महानगरपालिकाले गरेको संस्थागत बिद्यालयको बर्गिकरण शुल्क निर्धारणको बिषयलाई सरोकारवालाले आलोचना गरेका छन । शुल्क निर्धारणकालागि शिक्षा नियमावलीले एउटा संरचनाको ब्यवस्था गरेको छ ।

 

त्यसमा अभिभावक संघ नै लेखेर उसको प्रतिनिधि हुनु पर्ने उल्लेख छ । संस्थागत बिद्यालयका प्रतिनिधिमुलक संगठनका प्रतिनिधि जिल्ला शिक्षा समितिका प्रतिनिधि समेत रहेको समितिले शुल्क निर्धारण गर्ने भने पनि महानगरले नियमावलीको यो ब्यवस्थाको धज्जी उडाउदै शुल्क निर्धारण गरेको छ ।


महानगरले बिद्यालय बगिकरण तथा शुल्क निर्धारणका बिषयमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले शुल्क निर्धाणमा समितिमा अभिभावकको समेत सहभागिता रहेको भन्दै बैधताको बिषयमा प्रश्न नउठाउन भनेका थिए । तर आज अभिभावक संघले महानगरमा आफनो असहमती दर्ज गरेपछि महाशाखा प्रमुखले पत्रकारलाई ढाँटेको कुरा प्रष्ट भएको छ ।


बुधवार अभिभावक संघले वीरगञ्ज महानगरले संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण हचुवाको तालमा गरेकोे आरोप लगाएको छ । उसले यो वर्गीकरणलाई खारेज गरी सरोकारवाला सहितको विज्ञ टोली राखेर छलफल र समिक्षा पछि पूनः स्तर र शुल्क निर्धाण गर्न भनेको छ ।

संघका अध्यक्ष सन्दिप साहले महानगरका उपमेयर ईम्तियाज आलमलाई ज्ञापनपत्र बुझाउँदै स्तर र शुल्क निर्धारण अवैज्ञानिक र अव्यवहारिक भएको बताए । संस्थागत विद्यालय वर्गीकरणबाट केहि विद्यालयको शुल्क कम भएपनि अधिकाशं विद्यालयको शुल्क बढ्नाले अभिभावकहरु झन् मारमा परेको अभिभावक संघको ठहर छ ।

विगतमा अभिभावक संघर्ष समितिले उठाएका मुद्धाहरु नसमेटिएको, वीरगञ्जका कुनैपनि विद्यालय क वर्ग लायक नहुँदा पनि ६ वटालाई क वर्गमा राखिएको लगायतका विषयमा अभिभावक संघले असन्तुष्टी जनाएको छ । शुल्क निर्धारणमा क वर्गमा परेका बिद्यालयको शुल्क घटेको देखिएपनि अन्य श्रेणीका बिद्यालयको शुल्क बढेको अभिभावकको गुनासो छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या आरोपमा ३५ वर्षिय श्रीमान पक्राउ

कलैया । जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवाद श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

पूर्व राष्ट्रपती भण्डारीले सुविधा फिर्ता लिन गृहमन्त्रालयलाई लेखीन पत्र

काठमाडौं । विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा सरकारबाट पाउने सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छिन्।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.