logo

संस्थागत बिद्यालयको शुल्क निर्धारण प्रति अभिभावक संघको आपत्ती, महानगरको शिक्षा महाशाखाले पत्रकारलाई ढाँट्यो

 इसीमाना सम्वाददाता     २०७९ मंसिर २८ गते ०८: ५२ मा प्रकाशित     758   पटक पढिएको

वीरगंज महानगरपालिकाले गरेको संस्थागत बिद्यालयको बर्गिकरण शुल्क निर्धारणको बिषयलाई सरोकारवालाले आलोचना गरेका छन । शुल्क निर्धारणकालागि शिक्षा नियमावलीले एउटा संरचनाको ब्यवस्था गरेको छ ।

 

त्यसमा अभिभावक संघ नै लेखेर उसको प्रतिनिधि हुनु पर्ने उल्लेख छ । संस्थागत बिद्यालयका प्रतिनिधिमुलक संगठनका प्रतिनिधि जिल्ला शिक्षा समितिका प्रतिनिधि समेत रहेको समितिले शुल्क निर्धारण गर्ने भने पनि महानगरले नियमावलीको यो ब्यवस्थाको धज्जी उडाउदै शुल्क निर्धारण गरेको छ ।


महानगरले बिद्यालय बगिकरण तथा शुल्क निर्धारणका बिषयमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले शुल्क निर्धाणमा समितिमा अभिभावकको समेत सहभागिता रहेको भन्दै बैधताको बिषयमा प्रश्न नउठाउन भनेका थिए । तर आज अभिभावक संघले महानगरमा आफनो असहमती दर्ज गरेपछि महाशाखा प्रमुखले पत्रकारलाई ढाँटेको कुरा प्रष्ट भएको छ ।


बुधवार अभिभावक संघले वीरगञ्ज महानगरले संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण हचुवाको तालमा गरेकोे आरोप लगाएको छ । उसले यो वर्गीकरणलाई खारेज गरी सरोकारवाला सहितको विज्ञ टोली राखेर छलफल र समिक्षा पछि पूनः स्तर र शुल्क निर्धाण गर्न भनेको छ ।

संघका अध्यक्ष सन्दिप साहले महानगरका उपमेयर ईम्तियाज आलमलाई ज्ञापनपत्र बुझाउँदै स्तर र शुल्क निर्धारण अवैज्ञानिक र अव्यवहारिक भएको बताए । संस्थागत विद्यालय वर्गीकरणबाट केहि विद्यालयको शुल्क कम भएपनि अधिकाशं विद्यालयको शुल्क बढ्नाले अभिभावकहरु झन् मारमा परेको अभिभावक संघको ठहर छ ।

विगतमा अभिभावक संघर्ष समितिले उठाएका मुद्धाहरु नसमेटिएको, वीरगञ्जका कुनैपनि विद्यालय क वर्ग लायक नहुँदा पनि ६ वटालाई क वर्गमा राखिएको लगायतका विषयमा अभिभावक संघले असन्तुष्टी जनाएको छ । शुल्क निर्धारणमा क वर्गमा परेका बिद्यालयको शुल्क घटेको देखिएपनि अन्य श्रेणीका बिद्यालयको शुल्क बढेको अभिभावकको गुनासो छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.