logo

नागरिक प्रतिको दायित्व पुरा गर्दै कोभिड अस्पताललाई सहयोग गर्न नागरिक समाजको आग्रह,मुख्यमंत्रीको साथ नापाउदा चित्त दुख्यो

      5/30/2020 गते 00 00 मा प्रकाशित     1170   पटक पढिएको

बीरगंजको नागरिक समाजले कोरोना भाइरसको संक्रमणको बिरुद्ध सबै तहका सरकारलाई एकिकृत र समन्वयकारीरुपमा काम गर्न आग्रह गरेको छ ।

 

समाजले पर्साका स्थानीय सरकार प्रमुखसंग कोरोना बिरुद्धको यो महामारीमा आफनो नागरिकको जीवनरक्षाकालागि कोभिड अस्पताल संचालनमा योगदान गर्न पनि आग्रह गरेको छ ।

 

कोरोना भाइरसको संक्रमणका कारण उपचार आवश्यक भएका बिरामीहरुको उपचारकालागि बीरगंजमा देखिएको बहस प्रति नागरिक समाजको तर्फबाट यस्तो गम्भिर चासो ब्यक्त गरिएको हो । 


बीरगंज महानगरपालिकाले आफना नागरिकको उपचारकोलागि कोभिड अस्पतालको स्थापना गरेकोमा त्यसको आर्थिक ब्यवस्थापनको जिम्मा समेत संघ सरकारले महानगरलाई दिनु न्यायपूर्ण नरहेको नागरिक समाजको निष्कर्ष रहेको छ ।

 

बीरगंजमा रहेको संघ सरकार मातहतको नारायणी अस्पतालको नाममा संचालन भएको कोभिड अस्पतालको सम्पूर्ण लागत संघ सरकारले ब्यहोर्नु पर्ने नागरिक समाजको माँग रहेको छ ।

 

बीरगंज बाहेक अन्यत्र कोभिड अस्पतालको सम्पूर्ण खर्च संघ सरकारले ब्यहोर्दै आएको अवस्थामा बीरगंजमा महानगरको टाउकोमा ब्ययभार थोपार्नु अन्याय भएको डा. दीपक शाक्यले बताउनु भयो । 

 


नेपाल सरकारले कोभिड १९ का सन्दर्भमा बिभिन्न निर्देशिकाहरु जारी गरेको छ । त्यस मध्य कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाह सम्बन्धी निर्देशिकाले समेत स्पष्ट रुपमा संघ सरकारले रकम ब्यहोर्ने भनेर बोलेको छ ।

 

तर बीरगंज महानगरका प्रमुखले कोभिड अस्पताल संचालनकोलागि लिएको अग्रसरताको परिणाम महानगरपालिकालाई आर्थिक ब्यवस्थापनको जिम्मा दिएर दण्डीत गरेजस्तो देखिएको नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य महेश दासले टिप्पणी गर्नु भयो । 

 


नेपालमा कही नभएको कुरा बीरगंजमा भइरहेको प्रति उहाँले आश्चर्य ब्यक्त गर्दै नागरिक रक्षाको अभियानमा महानगर प्रमुखको सक्रियता प्रशंसनीय भएपनि कतिपयलाई त्यो कुरा चित्त नबुझेको देखिएको बताउनु भयो । 


लेबल २ कोभिड अस्पतालले मध्यम जटिल र अति जटिल केश व्यवस्थापन गर्नुपर्ने अन्तरिम निर्देशिकामा उल्लेख गरिएको छ ।

 

बाहिरबाट प्रेषण  भएर आएका र अस्पतालमै पहिचान भएका मध्यम र जटिल साथै अति जटिल केशहरु हाइडिपेन्डेन्सी  र आइसीयु केयर भएका तोकिएका कोभिड अस्पतालले उपचार गर्नुपर्छ । यस्तो अवस्थामा बीरगंजले सर्लाही देखी पर्सा सम्मका कोरोना भाइरसको संक्रमणमा परेका नागरिकको उपचार गरेको छ ।

 

आर्थिक ब्यवस्थापनको जिम्माबीरगंज महानगरपालिकालाई दिएको बर्तमानमा नागरिक समाजले पर्सा जिल्लाका स्थानीय सरकारहरुलाई यो उपचार अभियानमा आफनो योगदान दिएर आफना नागरिक प्रतिको दायित्व पुरा गर्न आपिल गरेका हुन ।

 

दिन प्रति दिन कोरोना भाइरसको संक्रमणका पुष्टिका खवरहरु  सार्वजनीक भइरहेका छन । पोखरिया ,पटेर्वा सुगौली जिराभवानीमा कोरोना संक्रमणका १० वटा घटना पुष्टि भएका छन ति सबैको उपचारकोलागि बीरगंजमा स्थापना गरिएको आइसोलेशन अस्पतालमा ल्याइएको अवस्था छ ।

 

यस्तोमा संघ वा प्रदेश सरकारले उपचारको रकम ब्यहोर्ने भएको भए समस्या हुदैन थियो तर बीरगंज महानगरले आर्थिक भार बहन गर्नु पर्दा आफूजस्तै स्थानीय सरकारसंग सहयोगको अपिल गर्नु स्वाभाविक रहेको प्राध्यापक बीरेन्द्र शाहले बताउनु भयो । 


आइसोलेशनको ब्यवस्थापन प्रदेश सरकारले गर्नु पर्ने कार्यविधि बनेको छ । प्रदेश सरकारले बीरगंजमा आइसोलेशन अस्पताल बनाउनु भन्दा पनि बिभिन्न ठाउँमा रकम बाँडेर तस्विर खिचाउने काममा लागेको नागरिक अगुवा सुशिल भट्टराइले बताउनु भयो ।

 

प्रदेश सरकारले नागरिकको रक्षामा सरकार हुनुको कुनै छाप छोडन नसकेको प्रति बीरगंजको नागरिक समाजले खेद समेत ब्यक्त गरेको छ । पढेलेखेका राम्रा मान्छे ,यही क्षेत्रको मान्छे मुख्यमंत्री भएकोमा गर्व समेत गरेका थियौ तर नागरिक  संकटमा पर्दा आफनँै मुख्यमंत्रीको साथ नपाउदा निकै चित्त दुखेको एक जना अगुवाले बताएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.