logo

कोरोना संक्रमीतहरुलाई महानगरले नै खाना खुवाउने,सानोपाइलालाई महानगरको धन्यवाद

      5/30/2020 गते 00 00 मा प्रकाशित     1220   पटक पढिएको

नारायणीको कोभिड शाखामा उपचारकोलागि भर्नाहुनेहरुलाई अव देखी बीरगंज महानगरले नै खाना खुवाउने भएको छ ।  

 

वीरगञ्जको अस्थायी नारायणी अस्पताल गण्डकमा उपचाररत कोरोना संक्रमितहरुलाई महानगरपालिका आफैले खाना खुवाउने तय गरेको बीरगंज महानगर प्रमुख बिजय कुमार सरावगीले बताउनु
 भयो  ।


कोरोना भाइरस बाट संक्रमण भएर पत्रकारहरु आइसोलेशनमा गएपछि त्याहोका सरसफाई र खानाको आपूर्तीमा देखिएका समस्याहरु सार्वजनीक भएका थिए । खाना गुणसतरीय थिएन ।

 

सानो पाइलाले खाना खुवाउने जिम्मेवारी लिएपछि प्रतिरोधात्मक क्षमता बढाउने खालको पौष्टिक आहारको ब्यवस्था भएको थियो । सानो पाइलाको यो महत्वपूर्ण योगदानकालागि महानगरप्रमुख सरवागीले धन्यवाद दिनु भएको छ । 

 

अस्पतालमा उपचाररत संक्रमितलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुरुप खाना खुवाउन महानगरपालिकाले गएको दुई साताअघि नै टेण्डर आह्वान गरेको थियो । टेण्डरमार्फत महानगरपालिकाले एउटा निजी कम्पनीलाई खाना खुवाउने जिम्मेवारी दिएको छ ।

 

अव त्यह कम्पनीले कोरोना संक्रमीतहरु, अस्पतालमा कार्यरत अन्य केही कर्मचारी समतेलाई खानाको आपूर्ती गर्ने छ । 


शनिबार वीरगञ्ज महानगरपालिकाले खाना खुवाउने जिम्मा एक निजि कम्पनिलाई दिएसँगै नारायणी अस्पतालले सानो पाइलालाई आइतबारदेखि खाना खुवाउन बन्द गर्न भनेको छ ।

 

नारायणी अस्पतालकाका वरिष्ठ चिकित्सक डा. निरज सिंहले सानो पाइलालाई आइतबारदेखि खाना खुवाउन नपर्ने जानकारी दिनु भएको सानो पाइलाका अध्यक्ष सुदीप लामाले बताउनु भयो ।

‘महानगरपालिका र एउटा निजी कम्पनीबीच सम्झौताले मुर्तरुप लिएपछी हामीले सानो पाइलालाई खाना खुवाउन बन्द गर्न अनुरोध गरेका हौँ,’ डा. सिंहले भन्नु भयो , ’खाना खुवाएर हामीलाई सहयोग गरेकोमा धन्यबाद छ, अब महानगरपालिकाले जिम्मा लियो, उहाँहरुले दुःख गर्नु पर्दैन ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.