logo

कोरोना संक्रमीतहरुलाई महानगरले नै खाना खुवाउने,सानोपाइलालाई महानगरको धन्यवाद

      5/30/2020 गते 00 00 मा प्रकाशित     1388   पटक पढिएको

नारायणीको कोभिड शाखामा उपचारकोलागि भर्नाहुनेहरुलाई अव देखी बीरगंज महानगरले नै खाना खुवाउने भएको छ ।  

 

वीरगञ्जको अस्थायी नारायणी अस्पताल गण्डकमा उपचाररत कोरोना संक्रमितहरुलाई महानगरपालिका आफैले खाना खुवाउने तय गरेको बीरगंज महानगर प्रमुख बिजय कुमार सरावगीले बताउनु
 भयो  ।


कोरोना भाइरस बाट संक्रमण भएर पत्रकारहरु आइसोलेशनमा गएपछि त्याहोका सरसफाई र खानाको आपूर्तीमा देखिएका समस्याहरु सार्वजनीक भएका थिए । खाना गुणसतरीय थिएन ।

 

सानो पाइलाले खाना खुवाउने जिम्मेवारी लिएपछि प्रतिरोधात्मक क्षमता बढाउने खालको पौष्टिक आहारको ब्यवस्था भएको थियो । सानो पाइलाको यो महत्वपूर्ण योगदानकालागि महानगरप्रमुख सरवागीले धन्यवाद दिनु भएको छ । 

 

अस्पतालमा उपचाररत संक्रमितलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुरुप खाना खुवाउन महानगरपालिकाले गएको दुई साताअघि नै टेण्डर आह्वान गरेको थियो । टेण्डरमार्फत महानगरपालिकाले एउटा निजी कम्पनीलाई खाना खुवाउने जिम्मेवारी दिएको छ ।

 

अव त्यह कम्पनीले कोरोना संक्रमीतहरु, अस्पतालमा कार्यरत अन्य केही कर्मचारी समतेलाई खानाको आपूर्ती गर्ने छ । 


शनिबार वीरगञ्ज महानगरपालिकाले खाना खुवाउने जिम्मा एक निजि कम्पनिलाई दिएसँगै नारायणी अस्पतालले सानो पाइलालाई आइतबारदेखि खाना खुवाउन बन्द गर्न भनेको छ ।

 

नारायणी अस्पतालकाका वरिष्ठ चिकित्सक डा. निरज सिंहले सानो पाइलालाई आइतबारदेखि खाना खुवाउन नपर्ने जानकारी दिनु भएको सानो पाइलाका अध्यक्ष सुदीप लामाले बताउनु भयो ।

‘महानगरपालिका र एउटा निजी कम्पनीबीच सम्झौताले मुर्तरुप लिएपछी हामीले सानो पाइलालाई खाना खुवाउन बन्द गर्न अनुरोध गरेका हौँ,’ डा. सिंहले भन्नु भयो , ’खाना खुवाएर हामीलाई सहयोग गरेकोमा धन्यबाद छ, अब महानगरपालिकाले जिम्मा लियो, उहाँहरुले दुःख गर्नु पर्दैन ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.