logo

महानगरले नियुक्तिको तीन महिनामै कर्मचारी हटायो,किन नियुक्ति किन बर्खास्त सामाजिक संजालमा उठ्यो सवाल

 इसीमाना सम्वाददाता     २०७९ पौष १ गते ०९: ११ मा प्रकाशित     542   पटक पढिएको


वीरगञ्ज महानगरपालिकाले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचन अगाडि बिभिन्न मितिमा दैनीक ज्यालादारीमा नियुक्त गरेका कर्मचारीलाई पुष १ गतेबाट अवकास दिएको छ ।

पुष १ गते देखि लागु हुने गरि कर्मचारी निकालिएको सूचना वीरगंज महानगरपालिकाले जारी गरेको छ । निर्वाचनको मुखमा कम्प्युटर अपरेटर, अमिन, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कार्यालय सहयोगी, नगर प्रहरी, दमकल लगायतका ठाउँमा ४सय बढी कर्मचारी नियुक्ती गरिएको थियो ।

 


महानगरमा कार्यरत कर्मचारको हाराहारीमै वीरगंज महानगरको नेतृत्वले दैनीक ज्यालादारीमा कर्मचारी नियुक्त गरेको थियो । यो वीचको ३ महिनामा वीरगज महानगरपालिकाले करौडौ रुपैया पारिश्रमीकमा खर्च गरेर यत्रो जनशक्ति किन नियुक्त गर्यो भन्ने प्रश्न यतिवेला उठेको छ ।

 

महानगरले यत्रो जनशक्ति परिचालन हुने गरि कुनै अभियान संचालन गरेको छैन । यो अवधीमा वीरगंज महानगरलाई साढे तीन करोड व्ययभार थप भएको छ । यसको प्रतिफल महानगरवासीले के पाए ? जनस्तरबाट खोजी भइरहेको छ ।

 

महानगरपालिकाको म‌सिर २६ गतेको निर्णयअनुसार महानगरपालिका नगर कार्यपालिकाको कार्यलय तथा महानगरपालिका अन्तरगत रहेका सबै वडा का (पुस १ गते) देखि लागू हुने गरि ज्यालादारी सेवाबाट हटाएको हो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आफना उम्मेदवारलाई जिताउनकालागि वतावरण बनाउन महानगरमा दैनीक ज्यालादारीमा कर्मचारीको नियुक्ति गरिएको आरोप महानगर नेतृत्वलाई लागेको छ ।

 

महानगरको स्रोतको दोहन नाजायज रुपमा भएको भन्दै सामाजिक संजालमा ब्यापक आलोचना हुन थालेको छ । सामाजिक संजालमा महानगरको स्रोतलाई आफनो हितमा होइन महानगरको हितमा परिचालन गर्न सुझाव दिइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या आरोपमा ३५ वर्षिय श्रीमान पक्राउ

कलैया । जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवाद श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

पूर्व राष्ट्रपती भण्डारीले सुविधा फिर्ता लिन गृहमन्त्रालयलाई लेखीन पत्र

काठमाडौं । विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा सरकारबाट पाउने सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छिन्।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.