logo

कोरोना संक्रमीत रौतहटका एक जनालाई थप उपचारकालागि काठमाण्डौ लगियो

      5/31/2020 गते 00 00 मा प्रकाशित     905   पटक पढिएको

रौतहटका एक जना कोरोना संक्रमीतलाई थप उपचारकोलागि काठमाण्डौ लगिएको छ ।  संक्रमित मधुमेहका रोगी हुन् । हिजो साँझ अचानक उनको हातखुटा झमझमाउन थाल्यो, स्वासप्रस्वासमा पनि समस्या देखिएको र बेचैनी बढेपछि उनलाई काठमाण्डौ लगिएको हो ।  

 

शुरुमा वीरगंज लगिने योजना थियो तर वीरगंजका चिकित्सकहरुले काठमाडौं लैजान सुझाएपछि काठमाण्डौ पठाएको स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साहले जानकारी दिनुभयो। 


 संक्रमितको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई थप उपचारका लागि  एम्बुलेन्सबाट हिजो राति ९ बजे उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । राजपुर–९ बैरियाका ४० वर्षे पुरुषलाई राजपुर प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डबाट थप उपचारका लागि काठमाडौं पठाइएको हो । 

 


 एक साताअघि भारतबाट गाउँ आएका उनलाई क्वारेन्टाइनमा राखिएकोमा कोरोना पुष्टि भएपछि राजपुर प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डको छुटै कोठामा राखिएको थियो ।  

 

प्रदेश २ कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । बारा, करैयामाई गापा ७ का ७० वर्षीय वृद्धको गत जेठ ४ गते उपचारको क्रममा मृत्यु भएको थियो। उनलाई निमोनिया लागेको चिकित्सकहरुले बताएका थिए। तर उनको शव जलाइसकेको ९ दिनपछि उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.