logo

भारतीय हस्तक्षेपको नेता रिजालद्वारा चर्को आलोचना,ठोरीबासीको शालीनतापूर्ण प्रतिरोध प्रति सम्मान

      5/31/2020 गते 00 00 मा प्रकाशित     1181   पटक पढिएको

नेपाली काग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले पर्सा जिल्ला को ठोरी गा.पा.वडा नं. २ को ठुटेखोला स्थित सीमामा भारतीय सुरक्षाकर्मीहरुको सहयोगमा भारतीयहरुले नेपाली भुमीमा गरेको हस्तक्षेप प्रति ध्यानाकर्षण भएको बताउनु भएको छ ।

 

उहाँले नेपाली भूमी  अनाधिकृत उपयोग गर्न खोजेको प्रति गम्भिर असहमती जनाउनु भएको छ ।  उहाँले एक बिज्ञप्ती प्रकाशित गरि सो क्षेत्रमा दशकौ देखि भारतीयहरुले नेपाली भुमीलाई बिबादित बनाई बिधुत लाइन बिस्तारमा समेत समस्या सृजना गरेको ,पूल निर्माणमा अवरोध गरेको र सीमा अतिक्रमण अनेकौ प्रयास गरेको  स्मरण गर्दै भारतीय पक्षका यि सबै प्रयासलाई असफल ठोरीबासीले असफल बनाएकोमा आफूलाई गौरव लागेको नेता रिजालले बिज्ञप्ति मार्फत बताउनु भएको छ ।


नेता रिजालले बर्तमान समयमा ठोरी स्थित नेपाल भारतको सिमा छुट्याई सीमास्तम्भ समेत कायम भई सकेको अवस्थामा नेपाली भुमिमा आई ठोरीवासीको बिकाशको आधारको रुपमा रहेको खानेपानी, बिजुली, ठुटेखोला पुल र यातायातलाईसमेत असर पुरयाउने भारतीय नीति गलत रहेको नेता रिजाले बताउनु भएको ।

 

अनाधिकृत रुपमा भारतीय सुरक्षाकर्मीहरुले भारतीय नागरिकलाई उक्साई नेपाली भूमिमा कुलो खन्ने कार्य गराएको प्रति पनि उहाँले घोर भत्र्सना गर्नुभएको छ ।

 

नेपाल सरकार तथा स्थानीय प्रशासनले नेपाली भूमी सुरक्षाको जिम्मेवारी निर्वाह नगरिरहेको भन्दै नेता रिजालले आलोचना गर्नु भएको छ ।

 

उहाँले  स्थानीय प्रशासनले नागरिकको मनोबल गिराउदै भारतीय पक्षहरुकै वकालत गर्ने जस्ता कार्यहरु गरेकामा त्यस्तो कामको उहाँले निन्दा  गर्नुभएको छ ।

 

भारतीय पक्षको नेपाली भूमीमा रहेको जलश्रोतलाई अतिक्रमण गर्ने ठोरीवासीको भौतिक पुर्वाधार अवरुद्ध बनाउने जस्ता कार्यलाई अबिलम्ब रोकी नोपली भूमी र आम नागरिकको सुरक्षाको समुचित ब्यवस्था गर्दै बिवाद समाधान तर्फ प्रभावकारी कदम चाल्न नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालयलाई ठोस कदम चाल्न समेत उहाँले मााग गर्नु भएको छ ।

 साथै सीमा अतिक्रमणलाई रोक्न शालिनता पुर्वक बिरोध जारी राख्न समेत ठोसीवासीहरुमा हार्दिक अपिल समेत गर्नुभएको छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.