logo

पिसीआर मेशिन खरिद गर्ने महानगरको अभियानमा नागरिक समाजका बिभिन्न समुहको ऐक्यवद्धता

      6/1/2020 गते 00 00 मा प्रकाशित     1106   पटक पढिएको

पिसिआर मेशिन र किट खरीदका लागि वीरगंज महानगरपालिकालाई पाठशालाले आर्थिक सहयोग गरेको छ।
    पाठशालाका अध्यक्ष बालगोपाल थापाले सोमवार एक कार्यक्रमबीच वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीलाई रु ५० हजारको चेक हस्तान्तरण  गर्नु भएको हो ।

 

नगरप्रमुख सरावगीले पिसिआर मेशिन र किट खरीदको लागि नगरवासीसँग सहयोगको लागि अपील गर्नु भएको छ। कोरोना भाइरसको नियन्त्रण र रोकथामकालागि परिक्षणलाई तिब्र बनाउने संक्रमीत लाई अलग्याउने काम गर्न सकियो भने मात्र बीरगंजलाई ग्रिन जोन बनाउन सकिने भन्दै उहाँले सहयोगको अपिल गर्नु भएको हो ।

 

आइसोलेशनको ब्यवस्थापनको जिम्मा नेपाल सरकारले जारी गरेको कार्यविधि अनुसार प्रदेश सरकारको हो तर पर्सा जिल्लामा प्रदेश सरकारले अहिले आएर पोखरिया अस्पताललाई आइसोलेशन बनाउने भन्दै बजेट निकासा दिएको छ ।

 

तर बीरगंज महानगरले कोभिड अस्पताल संचालनको जिम्मेवारी लिदा समेत प्रदेश सरकारले केही पनि सहयोग नगरेकोमा बीरगंजबासीमा प्रदेश सरकारका मुख्यमंत्री प्रति आक्रोश बढदो छ ।

 

प्रदेश र संघीय सरकारले पर्साबासीसंग न्याय नगर्ने देखिएपछि महानगरले पिसीआर मेशिन र किट खरिदकोलागि सहयाग संकलन शुरु गरेको हो ।

 

महानगर प्रमुख बिजय कुमार सरावगीको अभियानमा सहयोग  पुर्याउन सामाजिक स्तरबाट सहयोगी हातहरु जुटिरहेका छन । आजै गणेश  तथा बचत ऋण सहकारी संस्थाको तर्फबाट ५१ हजार रुपैया सहयोग राशी उपलब्ध गराइएको छ ।

 

चेक हस्तान्तरण कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षद्वय गणेश लाठ महासचिव के.सी.लामिछाने  अशोक टेमानी र सुष्मा शर्माको को पनि सहभागिता थियो।


    यसअघि थापाकै अर्को संस्था नेशनल एकेडेमीले रु २५ हजार आर्थिक सहयोग गरेको थियो। त्यस्तै आशा किरण केन्द्र बीरगंजको तर्फबाट महानगरको यो अभियानलाई सहयोग पुर्याउन २५ हजार रुपैया सहयोग राशी हस्तान्तरण गरिएको छ  ।

 

राशी बराबरको चेक डा. अशोक दासले महानगर प्रमुख बिजय कुमार सरावगीलाई हस्तान्तराण गर्नु भएको केन्द्रका सचिव राजन श्रीवास्तवले बताउनु भयो 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.