logo

पिसीआर मेशिन खरिद गर्ने महानगरको अभियानमा नागरिक समाजका बिभिन्न समुहको ऐक्यवद्धता

      6/1/2020 गते 00 00 मा प्रकाशित     1246   पटक पढिएको

पिसिआर मेशिन र किट खरीदका लागि वीरगंज महानगरपालिकालाई पाठशालाले आर्थिक सहयोग गरेको छ।
    पाठशालाका अध्यक्ष बालगोपाल थापाले सोमवार एक कार्यक्रमबीच वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीलाई रु ५० हजारको चेक हस्तान्तरण  गर्नु भएको हो ।

 

नगरप्रमुख सरावगीले पिसिआर मेशिन र किट खरीदको लागि नगरवासीसँग सहयोगको लागि अपील गर्नु भएको छ। कोरोना भाइरसको नियन्त्रण र रोकथामकालागि परिक्षणलाई तिब्र बनाउने संक्रमीत लाई अलग्याउने काम गर्न सकियो भने मात्र बीरगंजलाई ग्रिन जोन बनाउन सकिने भन्दै उहाँले सहयोगको अपिल गर्नु भएको हो ।

 

आइसोलेशनको ब्यवस्थापनको जिम्मा नेपाल सरकारले जारी गरेको कार्यविधि अनुसार प्रदेश सरकारको हो तर पर्सा जिल्लामा प्रदेश सरकारले अहिले आएर पोखरिया अस्पताललाई आइसोलेशन बनाउने भन्दै बजेट निकासा दिएको छ ।

 

तर बीरगंज महानगरले कोभिड अस्पताल संचालनको जिम्मेवारी लिदा समेत प्रदेश सरकारले केही पनि सहयोग नगरेकोमा बीरगंजबासीमा प्रदेश सरकारका मुख्यमंत्री प्रति आक्रोश बढदो छ ।

 

प्रदेश र संघीय सरकारले पर्साबासीसंग न्याय नगर्ने देखिएपछि महानगरले पिसीआर मेशिन र किट खरिदकोलागि सहयाग संकलन शुरु गरेको हो ।

 

महानगर प्रमुख बिजय कुमार सरावगीको अभियानमा सहयोग  पुर्याउन सामाजिक स्तरबाट सहयोगी हातहरु जुटिरहेका छन । आजै गणेश  तथा बचत ऋण सहकारी संस्थाको तर्फबाट ५१ हजार रुपैया सहयोग राशी उपलब्ध गराइएको छ ।

 

चेक हस्तान्तरण कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षद्वय गणेश लाठ महासचिव के.सी.लामिछाने  अशोक टेमानी र सुष्मा शर्माको को पनि सहभागिता थियो।


    यसअघि थापाकै अर्को संस्था नेशनल एकेडेमीले रु २५ हजार आर्थिक सहयोग गरेको थियो। त्यस्तै आशा किरण केन्द्र बीरगंजको तर्फबाट महानगरको यो अभियानलाई सहयोग पुर्याउन २५ हजार रुपैया सहयोग राशी हस्तान्तरण गरिएको छ  ।

 

राशी बराबरको चेक डा. अशोक दासले महानगर प्रमुख बिजय कुमार सरावगीलाई हस्तान्तराण गर्नु भएको केन्द्रका सचिव राजन श्रीवास्तवले बताउनु भयो 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.