logo

संक्रमण नियन्त्रणको अभियानमा पटेर्वा सुगौलीको २५ लाख योगदान,प्रकोप बिरुद्ध हातेमालो गरेका हौः चौधरी

      6/2/2020 गते 00 00 मा प्रकाशित     1772   पटक पढिएको

वीरगंज महानगरपालिकाले कोरोना भाइरस विरुद्धको लडाईमा आब्हान गरेको प्रकोप ब्यवस्थापन कोषमा आज पटेर्वासुगौली गाउँ पालिकाले २५ लाख उपलब्ध गराएको छ ।

 


पटेर्वासुगौली गाउँ पालिकाका अध्यक्ष हरिवावु चौधरीले कोभिड विरुद्ध वीरगंज महानगरपालिकाले चालेको कदममा हातेमालो गर्न २५ लाख रुपियाँको चेक वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीलाई हस्तान्तरण गर्नु भयो ।


गत जेठ ६ गते वीरगंजको नगरसभागृहमा पर्साका प्रमुख राजनीतिक दलका नेतृत्व, १४ वटा पालिकाका प्रमुख र प्रदेश सभा सदस्यहरुको उपस्थितिमा भएको बैठकले पर्साका सवै पालिकाबाट ५ करोड र उद्योग वाणिज्य संघ लगाएत उद्योगी ब्यवसायीबाट ५ करोड गरी जम्मा १० करोडको प्रकोप कोष स्थापना गर्ने निर्णय भए अनुसार नै पटेर्वासुगौला गाउँ पालिकाले २५ लाख उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष हरिवावु चौधरीले वताउनु भयो ।


वीरगंज महानगरपालिकाले पिसिआर मेशिन, भिटिएम किट, रिएजेन्ट किट, प्रिआइसोलेशन र कोभिड अस्पताल संचालनको लागि पर्सामा भएका सम्पूर्ण पालिका र विभिन्न संघ संस्थासँग सहयोगको अपिल गरेको थियो ।


आजै महाविर मन्दीर समितिको तर्फबाट एक लाख एघार हजार , ग्लोवल आइएमई बैंक वीरगंज शाखाको तर्फबाट एक लाख, पिसि मिडिया नेटर्वक (रेडियो सान्भी) को तर्फबाट २५ हजार नगद, राजेश पाण्डेयबाट ५ हजार एक सय, राजेश्वर पाण्डेबाट ४ हजार पाँच हजार र अनिल वरनवालबाट ५ हजार दुई सय पचास प्रकोप कोषमा जम्मा गर्ने गरी नगर प्रमुख विजय कुमार सरावगीलाई हस्तान्तरण गर्नु भएको छ ।


उक्त कोषमा वीरगंज महानगरपालिकाले एक करोड जम्मा गरी सकेको  छ भने हाल सम्म उक्त कोषमा एक करोड ५६ लाख ७५ हजार जम्मा भैसकेको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.