logo

आइसोलेशन अभाव,कोरोना संक्रमितलाई भर्ना गरिएन,स्वास्थ्यमा समस्या देखिएका संक्रमित मन्दीरको हलमा

      6/3/2020 गते 00 00 मा प्रकाशित     691   पटक पढिएको

आइसोलेशन वार्डमा भर्ना गरिनु पर्ने बिरामीलाई मन्दीरको उक हलमा राखिएको छ । कैलालीको सेती अस्पतालमा आइसोलेशन बेड अभाव भएपछि पाँचजना संक्रमितलाई मन्दीरको हलमा राखिएको हो ।

 

बेड अभाव सुदूरपश्चिमको कोरोना डेडिकेटेड सेती प्रादेशिक अस्पतालमा भएको हो । बेड अभाव भएपछि पाँच जनालाई मन्दिरको हलमा राखिएको हो।

 

बिश्व स्वास्थ्य संगठन र नेपालको स्वास्थ्य मंत्रालय जारि गरेको प्रोटोक्ल अनुसारमा पनि संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेशन वार्डमै राख्नु पर्ने प्रावधान छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सुदूरपश्चिममा थप २७ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएको थियो। जसमध्ये कैलालीका १०, कञ्चनपुरका आठ र अछामका नौ जना रहेका छन्।

 

कैलालीको टीकापुरमा चार, गौरिगंगा नगरपालिकाका पाँच र धनगढी उपमहानगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको थियो। टीकापुरमा थपिएका चार जनालाई टीकापुर अस्पतालको आइसोलेसन र धनगढी ३ का ३७ वर्षीय युवाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ भने गौरिगंगा नगरपालिकाका कोरोना संक्रमितलाई भने मन्दिरको हलमा राखिएको जनाइएको छ।

गौरीगंगा नगरपालिका प्रमुख भीमवहादुर देउवाले कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषलाई सेती प्रादेशिक अस्पतालले बेड अभाव भएको भन्दै भर्ना नगरी फिर्ता पठाएको बताउन भयो । देउवाका अनुसार पाँच मध्य दुई जनामा  ज्वरो आउने, खोकी लाग्ने र वान्ता समेत भइरहेको छ। 

 

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा अहिले २५ जना उपचाररत छन्। अस्पतालमा २४ बेडको आइसोलेसन छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले २४ शय्याको आइसोलेसनमा २५ जना संक्रमितलाई राखिएको बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.