logo

पर्सामा थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमण पुष्टि संगै क्वारेन्टिनको बसाई लम्बियो 

      6/3/2020 गते 00 00 मा प्रकाशित     1100   पटक पढिएको

पर्सामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।

कालिकामाईमा ४ जना, सखुवाप्रसौनीमा २ जना र विन्दबासिनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिनु भयो  । संक्रमितहरु सबै क्वारेन्टिनमा राखिएका पुरुष हुन् । उनीहरुको उमेर १६ देखि ४९ वर्षसम्म छ ।

 

सखुवा प्रसौनीको देउरवानाको क्वारेन्टिनमा रहेका गुलरीया ३५ वर्षिय र जमुनियाका २५ वर्षिय युवक रहेका छन । उनीहरुसंगै क्वारेन्टिनमा रहेका अन्यको रिर्पोट नेगेटिभ आएपनि थप १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

 

एउटै भवनमा बसेको हुनाले रिपोर्ट नेगेटिभ आएपनि क्वारेन्टिनमै बस्नु पर्ने निर्देशन आएको ओझैया प्रसौनीका भोला ओझैया चौधरीले बताउनु भयो ।   

यसअघि बिन्दवासीनी गाउँपालिकामा एक जनालाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएको थियो । 
विन्दबासिनी गाउँपालिकाका संक्रमितलाई राति नै नारायणी अस्पताल मातहतको गण्डक कोभिड अस्पतालमा ल्याइएको छ  । 

वीरगञ्जस्थित पीसीआर ल्याबमा मंगलबार तीन सिफ्टमा १ सय ५७ जनाको स्वाब परीक्षण गरिएको थियो । पर्सामा हालसम्म ३ हजार ८ सय ६७ जनाको स्वाब कलेक्सन गरिएको छ । १४ वटा पालिकामा स्थापना गरिएका ३६ वटा क्वारेन्टाइन केन्द्रमा ८० जना महिलासहित ७ सय २३ जना शंकास्पद संक्रमितलाई राखिएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पताल र गण्डक कोभिड अस्पतालबाट उपचारपछि ९७ जना कोरोनामुक्त भइ घर फर्किसकेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.