logo

लकडाउन लम्बिदै जादा साना ब्यवसायी मर्कामा, पेशा संचालनको वतावरण बनाउन माँग

      6/3/2020 गते 00 00 मा प्रकाशित     996   पटक पढिएको

बीरगंजका साना तथा खुद्रा ब्यवसायीले आफनो ब्यवसाय संचालन गर्ने वतावरण बनाउन स्थानीय प्रशासनसंग माँग गरेका छन ।

 

उनीहरुले स्थानीय प्रशासन बीरगंज उधोगा वाणिज्यसंघ संग यस्तो माँग राखेका हुन ।   वीरगंज उद्योग वाणिज्य सङ्घले स्थानीय प्रहरी, प्रशासन र खुद्रा व्यापारीहरूलाई राखेर गरेको अन्तरक्रियामा ब्यवसायीहरुले जुन सुकै मोडालिटी  अपनाएर भएपनि पसल संचालनको वतावरण बनाउन माँग गरेका हुन । 

   ब्यवसायीहरुले  घरभाडा, कामदार खर्च, बिजुली भाडा र घरायसी खर्चको लागि समस्या बढदै गएकोले पेशा संचालनको बिकल्प नभएको जिकीर गरे ।

 

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको बिधिलाई कार्यान्वयन गर्ने गरि पेशामा फर्किने अवस्था बनाउनु पर्ने ब्यवसायीहरुले आग्रह गरेका थिए । 

 

    वीउवासङ्घका अध्यक्ष गोपाल केडिया, पूर्वअध्यक्ष ओमप्रकाश शर्मा, वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, महासचिव माधव राजपाल लगायतले खुद्रा ब्यवसायीहरुको माँग सम्बोधन हुनु पर्नेमा जोड दिएका थिए ।

 

कार्यक्रममा सहभागि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले ब्यवसायीहरुको माँगका बिषयमा उचित निष्कर्ष निकालिने आश्वासन दिनु भएको थियो । 


बीरगंजका मुख्य सडकमा रहेका पसलहरु भने प्रहरीको आँखा छलेर संचालनमा आइरहेका छन । प्रहरीले देखिहालेमा बन्द गर्ने अन्यथा पसलको छोउमा बस्ने र ग्राहक आएमा भित्र पठाएर ब्यपार संचालन भने हुदै आएको छ ।

 

लक डाउनको अवधी ७१ दिन कटेको र यो आफैमा लामो अवधी भएको चर्चा गर्दै बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीले  कोरोना भाइरस नियन्त्रण गर्न स्थानीय प्रशासनले तय गरेको मापदण्डमा रहेर पसल सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिनु भएको छ । उहाँले दिउसो र बेलुका पसल संचालन गर्न दिदा जोखिम कम हुने समेत बताउनु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.