logo

गौर नरसंहार, १६ वर्ष पछि जसपा अध्यक्ष यादव सहितलाई अनुसन्धान गर्न सरकारलाई मानव अधिकार आयोगले दियो निर्देशन

 इसीमाना सम्वाददाता     २०७९ पौष २३ गते ०१: ३७ मा प्रकाशित     601   पटक पढिएको

१६ वर्ष अगाडि गौरमा भएको नरसंहारको बिषयमा अनुसन्धान गरि मुद्धा चलाउन राष्ट्रीय मानव अधिकार आयोगले नेपाल सरकारलाई सिफारिश दिएको छ ।


मानव अधिकार आयोगको पुस १९ गते बसेको बैठकले तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष हाल जनता समाजवादी पार्टीका अध्यक्ष रहेका उपेन्द्र यादव १३० जनामाथि अनुसन्धान गर्न नेपाल सरकारलाई सिफारिश गर्ने निर्णय गरेको हो ।


आयोगले अहिले नेकपा एमालेको तर्फबाट रौतहटको निर्वाचन क्षेत्र नं–१ का प्रत्याशी अजय गुप्ता ,गौरीशंकर यादव,बाबुलाल साह ,जगन्नाथ केशरी,बबन सिंह,भाग्यनारायण साह,शम्भु साह कानु लगायत १ सय ३० जनामाथि अनुसन्धान गर्द आयोगले सिफारिश गरेको हो ।

 

आयोगको निर्णयमा भनिएको छ, उल्लेखित व्यक्तिहरु उपर तत्काल अनुसन्धान तहकीकात गरी दोषी देखिएका व्यक्तिहरु उपर अभियोग दर्ता गराउने कार्य गरी सो को जानकारी यस आयोगलाई गराउन र प्रत्येक तीन तीन महीनामा आयोग समक्ष प्रगति प्रतिवेदन पठाउनु।

 

२०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन नेकपा )माओवादी) र मधेशी जनअधिकार फोरमले आमसभाको आयोजना गरेका थिए। दुवै पार्टीले आमसभा आयोजना गरेपछि झडप भएको थियो।

 

झडपका क्रममा माओवादीका २७ जना कार्यकर्ताको ज्यान गएको थियो। झडपमा ११५ जना घाइते भएका थिए।

 

मृतका आफन्तले घटनामा संलग्न रहेका व्यक्तिहरु विरुद्ध प्रहरीमा उजुरी दिएको थियो। त्यस्तै, सरकारले पनि छानबिन आयोग गठन गरेको थियो। आयोग प्रतिवेदन पनि बुझाएको थियो।

 

तर, १६ वर्ष बितिसक्दा पनि दोषीमाथि कारबाही हुन नसकेको जनाउँदै मानव अधिकार आयोगले पीडित परिवारलाई न्याय दिन सरकारलाई निर्देशन दिएको हो। आयोगले पीडित परिवारले किटानी जाहेरी दिएका ६६ जना र सरकारले गठन गरेको आयोगले दोषी ठहर गरेका ६४ गरी १३० जनामाथि अनुसन्धान गर्न सिफारिश गरेको हो।

यससँगै आयोगले पीडित परिवारलाई जनही तीन लाख क्षतिपूर्ति दिन पनि सिफारिश गरेको छ। त्यस्तै, घाइतेहरुलाई उपचार गर्न र आफैले उपचार गरेको भए उनीहरुलाई उपचारमा लागेको खर्च दिन पनि सिफारिश गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

संघ–संस्था सम्बन्धी नयाँ मस्यौदा सच्याउन माग , पर्साबाट गृह मन्त्रालयलाई ज्ञापनपत्र

वीरगन्ज । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा पर्साले हालै गृह मन्त्रालयले सार्वजनिक गरेको “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन, २०८२” को मस्यौदा नागरिक समाजमैत्री नभएको भन्दै सच्याउन माग गरेको छ।

किरण साहको हिरासत अवधि थपियो

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन संवाद सार्वजनिक भएपछि पक्राउ परेकी किरण साहलाई जिल्ला अदालत पर्साले थप तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यससँगै साहको हिरासत अवधि लम्बिएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.