logo

युनिसेफद्वारा कोभिड अस्पतालमा हातधुने आधुनीक धारा प्रदान,सहयोगले आफूलाई उर्जा मिल्योः महानगरप्रमुख

      6/6/2020 गते 00 00 मा प्रकाशित     1062   पटक पढिएको

वीरगंज महानगरपालिकाको ब्यवस्थापनमा संचालित गण्डक कोभिड अस्पतालमा युनिसेफ नेपालले आज सरसफाई संग सम्बन्धीत आधुनीक समाग्री हस्तान्तरण गरेको छ ।

 

युनिसेफ नेपालको साझेदार संस्था अभियान नेपालले सरसफाईकालागि  तयार पारेको समाग्री आज बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीलाई हस्तान्तरण गरिएको  हो ।

 

सामाग्री युनिसेफ नेपालका प्रदेश २ का सरसफाई बिभागका प्रमुख बोधनारायण श्रेष्ठले हस्तान्तरण गर्नु भएको हो । 


हातले समातेर धारा खोल्नु नपर्ने ,खुट्टाको दवावमा धारामा पानी आउने, खुट्टाकै दवावमा हातमा सावुन आउने आधुनीक किसिमको हात धुने धारा हस्तान्तरण गरिएको हो । एउटा पानींको टंयाकीमा चारवटा धारा जडान गरिएको छ ।

 

एकै पटक चार जनाले हात धुन सक्ने छन । चार मध्य एउटा धारा अपाङ्ग तथा बालमैत्री रहेको युनिसेफका बोधनारायण श्रेष्ठले बताउनु भयो । जनकपुरमा तयार गरिएको धारा ५७ हजार रुपैया लागतमा तयार पारिएको उहाँले बताउनु भयो ।

 

यसैगरि  सेमि आइशोलेशन रहेको  सिद्धार्थ माध्यामिक बिद्यालयमा पनि हात धुने चार थान धारा सहयोग स्वरुप उपलब्ध गराइएको छ ।  संगै सफाई कर्मचारीहरुकोलागि पून प्रयोग गर्न मिल्ने पिपीई,बुट स्प्रे मेशिन ,सेनिटाइजकालागि आवश्यक लिक्वीड र अन्य सफाई सामाग्री उपलब्ध गराइएको छ ।

 
सहयोग समाग्री बुझ्दै महानगर प्रमुख सरवागीले युनिसेफ नेपाल र अभियान नेपाललाई धन्यवाद दिनु भयो । उहाँले उपलब्ध गराईएको समाग्रीले आफूहरुलाई उर्जा र उत्साह दिएको बताउनु भयो ।

 

प्रमुख सरावगीले कोभिड बिरुद्धको लडाईमा सबैको सहयोगको आवश्यकता रहेको बताउनु भयो । उहाँले युनिसेफले दिएको समाग्री कोभिड नियन्त्रण पछिकालागि पनि उपयोगी हुने भन्दै खुशी ब्यक्त गर्नु भयो ।

 

युनिसेफका प्रतिनिधिले कोभिड अस्पताल,सेमी आइसोलेशन र क्वारेन्टिनका बिषयमा
बिविध जानकारी लिएका थिए । टोलीले आइसोलेशन अस्पताल सेमी आइसोलेशनको ब्यवस्थापन राम्रो भएको भन्दै आफूहरुले अन्य सहयोग समेत उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएको थियो ।

 

युनिसेफले अन्य क्वारेन्टिन र नेपालको प्रवेशद्वार शंकराचार्य गेटमा समेत हात धुने धारा जडान गर्ने श्रेष्ठले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.