logo

पिसीआर मेशिन किन्ने महनगरको निर्णयको नागरिक समाजले गर्यो स्वागत, नागरिक रक्षाको यो अभियानमा सहयोग गर्न सबैमा अपिल

      6/7/2020 गते 00 00 मा प्रकाशित     1490   पटक पढिएको

बीरगंज महानगरपालिकाले पिसीआर मेशिन र किट खरिदकालागि अगाडि बढाएको प्रक्रियालाई नागरिक समाजले स्वागत गर्दै त्यसको छिटो भन्दा छिटो स्थापित गरेर काम सूचारु गर्न सुझाव समेत दिएको छ । 


नागरिक समाजका अध्यक्ष डा.दीपक शाक्यको अध्यक्षतामा आज बसेको बैठकले  यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमणलाई रोक्नकालागि धेरै  भन्दा धेरै परिक्षण गरिनु पर्ने भएकोले पनि अव महानगरको प्रयासलाई टुङ्गोमा पुर्याउनु पर्ने निष्कर्षमा नागरिक समाज पुगेको हो । 


महानगरको यो अभियान पर्साका नागरिकको जीवन रक्षाको बिषयसंग सम्बन्धीत भएकोले यो बेलामा सबैको एकिकृत प्रयास आवश्यक रहेको ठहर गर्दै नागरिक समाजले समाजका बिभिन्न सरोकार राख्ने समुहलाई यो अभियानमा सहयोग पुर्याउन समेत अपिल गरेको छ । 


नागरिक समाजले एक मतका साथ पिसीआर मेशिन र किटको खरिद गरि द्रुत गतीमा कोरोना भाइरसको संक्रमण परिक्षण गरि औैधोगिक नगरि बीरगंज र समग्र पर्सा जिल्लालाई ग्रिन जोनमा लैजान सबैलाई सहकार्यकालागि अपिल गरेको डा. शाक्यले बताउनु भयो । 


नागरिक समाजको बैठकले राजनीतिक दलहरु,राजनीतिक क्षेत्रमा रहेका ब्यक्ति र जनप्रतिनिधिहरुलाई आ आफना राजनीतिक मुद्धालाई थाँती राखेर मानव सभ्यातामाथि नै चुनौती बनेको कोरोना भाइरसको नियन्त्रणमा भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

 

बिभिन्न समस्याहरु झेल्दै  अप्ठयारोहरु पार गर्दै बीरगंज महानगर कोरोना भाइरसको संक्रमण नियन्त्रणकोलागि ठिक दिशामा अगाढि बढेको नागरिक समाजले निष्कर्ष निकालेको छ ।

 

समाजले अहिले नागरिकको जीवनको सुरक्षाको सवाल पहिलो प्रथामिकता भएको निष्कर्ष निकाल्दै यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्ने निर्णय गरेको सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले जानकारी दिनु भयो  । 


बैठकमा बीरगंज उधोग बाणिज्य संघ, नेपाल बार एशोसिएशन, नेपाल रेडक्रस सोसाइटी, बैकर्स एशोसिएन लगायतका संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.