logo

कोरोना विरुद्धको लडाईमा मेयरपुत्रको ऐक्यवद्धता, सहयोगका लागि सबै युवा उद्यमीलाई अपिल

      6/7/2020 गते 00 00 मा प्रकाशित     1161   पटक पढिएको

वीरगन्ज महानगरवपालिकाले वीरगञ्जमा कोरोना परीक्षण, क्वारेन्टाइन र अस्पताल व्यवस्थापनका लागि स्रोत अभाव भएको भन्दै सहयोगको आह्वान गरेको छ ।

कोरोना भाईरसको संक्रमण वीरगन्जमा पनि देखा परेदेखि नै यसको नियन्त्रण र रोकथामका लागि कोभिड अस्पताल स्थापनाका लागि अग्रपंक्तिमा आएर सक्रियता देखाएका महानगरपालिकाका प्रमुख विजय सरावगीको सामु विभिन्न अवरोध र आरोपहरु लागे संकटको बेलामा पनि पार्टीका नेता तथा प्रदेश सरकारबाट समेत साथ नपाएका उनलाई वीरगन्जवासीहरुले भने अविछिन्न साथ र सहयोग गर्दै आएका छन् ।

उनले वीरगन्जलाई कोरोनामुक्त बनाउनका लागि देखाएको सक्रियताको प्रशंसा गर्नेहरु बढ्दै गए । महानगरवासीको मात्रै होईन मानव जीवन रक्षाको सवालमा नै मेयर सरावगीको प्रयास देखेर उनकै छोरा पनि निकै उत्साहित भए । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले कोरोना उपचारका लागि आह्वान गरेको कोषमा उनकै छोराले आइतवार एक महिनाको पारिश्रमिक सहयोग गरेका छन् ।

वीरगञ्जमा कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि पीसीआर मेशिन, भीटिएम किट लगायतको सामग्रीको आवश्यकता हेरेर  सहयोग पु¥याउन सरावगीले नगरवासीलाई आह्वान गरेका थिए । नगर प्रमुख सरावगीका छोरा केशव सरावगीले महानगरको कोषमा एक महिनाको तलब बराबरको रकम हस्तारन्तरण गरेका हुन् ।

केशवले महानगरमै पुगेर प्रमुख सरावगीलाई रू. ५१ हजार नगद प्रदान गरे । चेक हस्तान्तरण गर्दै नगर प्रमुखका छोरा केशवले भने, “बुवा नै महानगर प्रमुख भएकोले सहयोग गरेको होईन, नागरिकको जीवन रक्षाको सवालमा मेरो पनि चासो रह्यो । महानगरपालिकाको एउटा नागरिक भएकोले नागरिको दायित्व मात्रै निर्वाह गरेको हुँ । मेरो व्यक्तिगत जीवन रक्षाको पनि विषय हो । त्यसैले मैले महानगरपालिकालाई सहयोग गरेको हो । यो आप्mनै जीवन रक्षाको सवाल भएकोले सम्पूर्ण युवाहरुलाई पनि सहयोगको लागि अपिल गर्न चाहान्छु ।”

महानगर प्रमुख सरावगीले गरेको आह्वानलाई सबै क्षेत्रबाट सहयोग आउने क्रम पनि जारी रहेको छ ।

आईतबार नै बैंक अफ काठमाडौंले पनि सहयोग गरेको छ । महानगरपालिकाको कोषमा बैंक अफ काठमाडौं वीरगन्ज शाखाले एकलाख रुपैंयाको चेक हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख सरावगीलाई कार्यकक्षमै पुगेर बैंकका प्रदेश २ प्रमुख दीपक कुमार श्रेष्ठको नेतृत्वमा गएको बैंकको टोलीले एकलाखको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्न गएको टोलीमा बैंकका वीरगन्ज शाखा प्रमुख सुरेश यादव, सहायक सम्पर्क प्रबन्धक सन्देश पोखरेल र कन्हैया सिंहको पनि उपस्थिति रहेको थियो ।

महानगरको आह्वानमा कोरोना कोषमा हालसम्म रू.६२ लाख ७ सय ७९ हजार रकम जम्मा भएको महाननगरले जनाएको छ । महानगनरले दाताहरूको सहयोगमा पीसीआर जाँच उपकरण खरीदको प्रक्रिया अघि बढाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

करेन्ट लागेर रौतहटको शितलपुरका ३० वर्षिय युवाको मृत्यु

चन्द्रपुर । रौतहटमा बिहिवार  बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.